News Portal

  • मधुमेहमा खान सकिने औषधी समान दश तरकारी !

    हिमालीसंचार संवाददाता
    ४२८ पटक

    काठमाडौँ – मधुमेहलाई चिनी वा सुगर रोग पनि भनिन्छ। विश्वमा ४० वर्षमाथिका हरेक ४ जना मानिसमध्ये एक जनालाई मधुमेह हुने गरेको छ। मधुमेह बढ्दै जाँदा आँखा, मृगौला, मस्तिष्क, मुटु, नसालगायत शरीरका विभिन्न अंगमा समस्या बढ्दै जान्छ।

    दैनिक रुपमा ३० मिनेट व्यायाम गर्दा मात्र पनि मधुमेह लाग्ने सम्भावना ४० प्रतिशतसम्म घट्न सक्छ। मधुमेहलाई खानपानको माध्यमबाट पनि नियन्त्रण गर्न सकिन्छ।

    १) करेला
    करेलाको सेवनले शरीरमा ब्लड सुगर लेभल नियन्त्रण राख्दछ। त्यसैले मधुमेह रोगीले खानामा करेला सामेल गर्नु लाभदायक हुन्छ।

    २) भिन्डी
    भिन्डी मधुमेह रोगीका लागि धेरै लाभदायक हुन्छ। यसलाई काँचै वा पकाएर पनि खान सकिन्छ। यसको सेवनले ब्लड सुगर लेभल नियन्त्रण हुन्छ।

    ३) पालुङ्गो
    म्याग्निसियम, फोलेट र पोटाशियम पर्याप्त मात्रामा पाइने पालुङ्गोको सेवनले पनि मधुमेह नियन्त्रण राख्न सहयोग गर्छ।

    ४) चुकन्दर
    चुकन्दरमा पोटाशियम र भिटामिन सी भरपुर मात्रामा हुन्छ। यसको सेवनले मधुमेहको रोगीलाई हुने थकान कम हुन्छ र काम गर्नका लागि ताकत पनि मिल्दछ।

    ५) शखरखण्ड
    शखरखन्ड (सुठुनी)मा एन्डिअक्सिडेन्ट पाइन्छ। यसले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न सहयोग गर्दछ।

    ६) बन्दागोभी
    बन्दगोभी नियमित खानाले शरीरमा इन्सुलिनको स्तर नियन्त्रित हुन्छ। यसले तौल घटाउन समेत सहयोग गर्दछ।

    ७) लौका
    बिहान खाली पेटमा लौकाको जुस पिउनाले मधुमेहसम्बन्धी सबै समस्याबाट छुटकारा पाउन सकिन्छ।

    ८) बैगुन
    मधुमेह रोगीकालागि बैगुनको सेवन पनि लाभदायक हुन्छ। यसले ब्लड सुगरको लेभल बढ्न दिदैन। साथै इन्सुलिनको उत्पादनपनि नियन्त्रणमा राख्दछ।

    ९) प्याज
    प्याजमा केहि यस्ता एसिड पाइन्छ, जसले शरीरमा इन्सुलिनको मात्रा बढ्न दिदैन साथै ब्लड सुगर लेभल पनि सन्तुलित राख्दछ।

    १०) काउली
    काउलीमा फाइबरको मात्रा पर्याप्त हुन्छ। यसले शरीरको विषाक्त पदार्थ वाहिर निकाल्छ। साथै मधुमेह रोगीकालागि यो लाभदायक हुन्छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...