आज : २०२६-०६-१३, शनिबार

जगदीश समालको ‘सधैँ सुनुँ सुनुँ लाग्ने’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौ – चर्चित युवा गायक तथा संगीतकार जगदीश समालको ‘सधैँ सुनुँ सुनुँ लाग्ने’ म्युजिक भिडियो सार्वजनिक भएको छ।

चर्चित युवा गायक तथा संगीतकार जगदीश समालको ‘सधैँ सुनुँ सुनुँ लाग्ने’ बोलको गीतको शब्द रचना कल्पना भण्डारीको रहेको छ भने संगीत नारायण सुवेदी आभाषको र स्वर स्वयम् युवा गायक जगदीश समालको रहेको सार्वजनिक गीतमा एरेन्ज शाहस शाक्यको रहेको छ। 

निकेश खड्काको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा दयाहाङ र उषा रजकको अभिनय हेर्न सकिन्छ । बुद्घ थापाले छायांकन गरेका म्युजिक भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन्।

सार्वजनिक गीतको म्यूजिक भिडियो गायक जगदिश समालको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेका छन् 

म्युजिक भिडियो यहाँ हेर्नुस्