News Portal

  • निर्वाचन आयोगद्वारा नेकपाका दुवै पक्षको मागदाबी अस्वीकार

    हिमालीसंचार संवाददाता
    २६० पटक

    काठमाडौ– निर्वाचन आयोगले नेकपाका दुवै पक्षको मागदाबीलाई अस्वीकार गरेको छ । आइतबार बसेको बैठकले दुवै पक्षको मागदाबीलाई अस्वीकार गर्ने निर्णय गरेको आयोगले आज जनाएको छ ।

    प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले अलग-अलग ढंगले पार्टीमा लिएका निर्णय दलको विधानसम्मत नभएको आयोगको निष्कर्ष छ । दुवै पक्षले आफू आधिकारिता हुने दाबी गरिए पनि आयोगको यो निर्णयले दुवैले मान्यता पाउन नसकेको हो ।

    आयोगले दुवै पक्षको निर्णयलाई अवैधानिक भन्दै त्यसलाई अस्वीकार गरेपछि नेकपा एउटै रहेको मानिनेछ । आयोगको रेकर्डमा नेकपाका दुई अध्यक्ष ओली र दाहाल नै हुनेछन् । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय लिएसँगै सत्तारूढ दल नेकपाको विवाद उत्कर्षमा पुगेर व्यवहारतः पार्टी विभाजित भएको हो । त्यसयता पार्टीका दुई अध्यक्ष ओली तथा दाहालले अलग-अलग समूह बनाउनुका साथै एकले अर्कालाई कारबाही गर्नेलगायतका निर्णय गरेका छन् ।

    प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई दाहाल पक्षले अनुशासनको कारबाही गर्दै अध्यक्षबाट यसअघि नै हटाएको थियो भने आइतबार भने साधारण सदस्यबाटै निष्कासन गरेको जनाएको छ । उनको स्थानमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाइएको छ । दाहाल-नेपाल पक्षले नेकपाका ४ सय ४१ केन्द्रीय सदस्यमध्ये दुई तिहाइको साथ आफूहरूसँग रहेको दाबी गर्दै आएका छन् । त्यसको जानकारी उनीहरूले आयोगलाई पनि दिएका थिए ।

    ओली पक्षले पार्टीको विधान संशोधन गरेर केन्द्रीय कमिटी विस्तार गरेको, अर्का अध्यक्ष दाहालको कार्यकारी अधिकार खोसेको, पार्टीको औपचारिक पत्राचारमा एउटै अध्यक्षको हस्ताक्षर हुने जस्ता निर्णय गरेको थियो । त्यस्तै पार्टी प्रवक्ता परिवर्तन गरेको छ। ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीलाई विधान संशोधन गरेर ओलीले १ हजार ५ सय १ सदस्यीय पुर्‍याएका छन्  । सुरुमा १ हजार १ सय ९९ र पछि त्यसलाई थप बढाइएको जानकारी आयोगलाई गराइएको थियो ।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    आज २०८२ साल असार ७ गतेको राशिफल

    आज असार ७, २०८२ (जुन २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    संसदको गतिबिधिले जनतामा छाएको निरासा – कमला थापा

    २०८२असार ६ गते शुक्रबार संसदमा अहिले आर्थिक बजेट ०८२/८३ माथि छलफल सुरु भैरहेको छ। साथै...

    तीन दलको बैठकमा सत्य निरूपण आयोगको कार्यालय सार्ने निर्णय, अनावश्यक भाडा खर्चप्रति असन्तोष

    काठमाडौं, असार ६ – संक्रमणकालीन न्याय प्रक्रियामा सक्रिय सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यालय अहिले...

    भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपा एकै धारमा, संसद् बहिष्कार गर्दै दबाव बढाउँदै

    काठमाडौं, असार ६ – भिजिट भिसा प्रकरणलाई लिएर लामो समयदेखि आ-आफ्नै शैलीमा विरोध गर्दै आएका...

    बेल्जियमस्थित नेपाली दूतावासमा अन्तरक्रिया

    ब्रसेल्स। ब्रसेल्सस्थित नेपाली दूतावासले बेल्जियममा सक्रिय नेपाली संघसंस्था एवम् समाजका अगुवाहरुसंग अन्तरक्रिया गरेको छ। बेनेलक्स...