News Portal

धन पैसाको प्रसङ्गमा जस्तो सुकै कठोर मनलाई पनि पगाल्न आए मोडल दिनेश बस्नेत(भिडियो सहित)

हिमाली संचार संवाददाता
९९७ पटक

राजु बोहरा–काठमाडौँ । हरेक नेपालीहरुको लागि हर्ष उमंग बोकेर बिजय दशमी तथा दिपावली निकै नजिक आइसकेको छ । यसैलाई लक्षित गर्दै दशैँ तिहार बिशेष गीतहरु पनि बजारमा सर्बत्र उपलब्ध हुन थालिसकेका छन् । सोहि क्रममा यतिबेला हिम सम्झौता डिजिटल प्रालि मार्फत योगेश पानको “धन पैसा” बोलको गीत पनि बजारमा आइसकेको छ ।

बिशेष गरी हरेक दशैमा परदेशीहरुको यथार्थतालाई चित्रण गरिएको गीत नै बढी आउने गर्दछन् । प्रस्तुत गीत पनि त्यहि विषयवस्तु बाट टाढा हुन सकेको छैन । किन कि हरेक नेपालीहरु बाध्यता बस परदेशिएका हुन्छन् र यिनै पर्वहरु आफ्नो घर परिवार संगै मनाउन नपाएको पिंडा उनीहरुमा भन्दा अरुमा कमै होलान् ।

प्रस्तुत गीतमा परदेशीको भूमिका बाट दिनेश बस्नेतको अभिनयले जस्तिसुकै कठोर मन लाई पनि पगाल्ने छ । यस गीतको म्युजिक भिडियोमा दिनेशलाई आशा खड्का, र रमिला रोकालको पनि अभिनयमा साथ रहेको छ । देबी घर्ति र योगेश पानको कर्णप्रिय स्वर लहरिले सजिएको यस गीतलाई लय तथा शब्द सिर्जना नवराज बस्नेतले तयार पारेका हुन् । “धन पैसा” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन शिबराज गौतमले गरेका हुन् भने छायांकन नरेश चैंसिर र सम्पादन मनोज कार्कीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

https://www.youtube.com/watch?v=2LtAgyHEqCU&feature=youtu.be

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...