News Portal

धन पैसाको प्रसङ्गमा जस्तो सुकै कठोर मनलाई पनि पगाल्न आए मोडल दिनेश बस्नेत(भिडियो सहित)

हिमाली संचार संवाददाता
९५२ पटक

राजु बोहरा–काठमाडौँ । हरेक नेपालीहरुको लागि हर्ष उमंग बोकेर बिजय दशमी तथा दिपावली निकै नजिक आइसकेको छ । यसैलाई लक्षित गर्दै दशैँ तिहार बिशेष गीतहरु पनि बजारमा सर्बत्र उपलब्ध हुन थालिसकेका छन् । सोहि क्रममा यतिबेला हिम सम्झौता डिजिटल प्रालि मार्फत योगेश पानको “धन पैसा” बोलको गीत पनि बजारमा आइसकेको छ ।

बिशेष गरी हरेक दशैमा परदेशीहरुको यथार्थतालाई चित्रण गरिएको गीत नै बढी आउने गर्दछन् । प्रस्तुत गीत पनि त्यहि विषयवस्तु बाट टाढा हुन सकेको छैन । किन कि हरेक नेपालीहरु बाध्यता बस परदेशिएका हुन्छन् र यिनै पर्वहरु आफ्नो घर परिवार संगै मनाउन नपाएको पिंडा उनीहरुमा भन्दा अरुमा कमै होलान् ।

प्रस्तुत गीतमा परदेशीको भूमिका बाट दिनेश बस्नेतको अभिनयले जस्तिसुकै कठोर मन लाई पनि पगाल्ने छ । यस गीतको म्युजिक भिडियोमा दिनेशलाई आशा खड्का, र रमिला रोकालको पनि अभिनयमा साथ रहेको छ । देबी घर्ति र योगेश पानको कर्णप्रिय स्वर लहरिले सजिएको यस गीतलाई लय तथा शब्द सिर्जना नवराज बस्नेतले तयार पारेका हुन् । “धन पैसा” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन शिबराज गौतमले गरेका हुन् भने छायांकन नरेश चैंसिर र सम्पादन मनोज कार्कीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

https://www.youtube.com/watch?v=2LtAgyHEqCU&feature=youtu.be

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...