News Portal

स्मृति तिमिल्सिना “गुरूआमा” लाई प्रदेशीएको छोराले दशै खर्च नपठाएपछि..(भिडियो सहित)

हिमाली संचार संवाददाता
८२५ पटक

काठमाडौं – बहुप्रतिभाका धनि गायक तथा सर्जक प्रेम सापकोटा सोनुले यो बर्षको दशैंमा चर्चित निर्देशक स्मृति तिमिल्सिना“गुरूआमा” लाई “दशैं खर्च” नपठाउने भएका छन ।

हिन्दु धर्मावलम्बीको महान चाड विजया दशमी सबैको घर आगनमा भित्रीनै लागेको छ र यो समय हुने खानेहरूलाई त केही चिन्ता छैन तर हुंदा खाने निम्न बर्गका मानिसलाई दशैं खर्चको कसरी जोहो गर्ने भन्ने चिन्ताले पिरोली रहेको छ । परदेश भएको छोराले पनि पैसा पठाउन नसक्दा घरमा ति बुढी आमाले कसरी मनाउने होलीन दशैं ?

नेपाली समाज र हाम्रो जिवनको यथार्थ चित्रण गरिएको दशैं तिहार गीत“दशैं खर्च” मा प्रेम आफ्नै शब्द तथा लय सिर्जनामा प्रेम सापकोटा सोनु र देवी घर्तिले आवाज दिएका छन।

पछिल्लो समयकी अत्यन्तै ब्यस्त चर्चित निर्देशक स्मृति तिमिल्सीना“गुरूआमा” को निर्देशनमा प्रेम सापकोटा र रमा थपलियाको जिवन्त अभिनय रहेको उक्त म्यूजिक भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन।

हेर्नुहोस पूरा पुरा भिडियो ।

प्रतिकृया दिनुहोस्

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...