News Portal

  • मोरङको कानेपोखरी-रंगेली सडक खण्डमा स्किुल बसले किच्दा, शिक्षिकाको घटनास्थलमै मृत्यु

    हिमालीसंचार संवाददाता
    १०१० पटक

    रविन्द्र बराल/मोरङ  मोरङको कानेपोखरीमा स्कुल बसले किचेर शुक्रबार साँझ एक जना शिक्षिकाको ज्यान गएको छ। कानेपोखरी-रंगेली सडक खण्ड अन्तर्गत कानेपोखरी-५ भौसाबारीमा स्कुल बसले ठक्कर दिँदा रंगेली नगरपालिका ९, बेलचोककी ४० वर्षीया गीता भट्टराई (नेपाल) को घटनास्थलमै मृत्यु भएको हो।

    कानेपोखरी, रमाइलोस्थित बालजगत बोर्डिङ स्कुलको को १ क ३००९ नम्बरको स्कुल बसले किच्दा को ८ प ७३६३ नम्बरको मोटरसाइकलमा सवार भट्टराईको ज्यान गएको मोरङ प्रहरीले जानकारी दिएको छ। अन्दाजी ३० वर्षका बाइक चालक विकल भट्टराई घाइते भएका छन्।

    शुक्रबार ४:१० बजे स्कुलबाट विद्यार्थी पुर्‍याउन गएको बसले भौसाबारीमा मोटरसाइकललाई ठक्कर दिएको थियो। बसको ठक्करबाट ढलेको मोटरसाइकललाई ब्याक गरेर किचेको घाइते भट्टराईले बताए ।

    मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले पनि बस ब्याक गर्दा दुर्घटना भएको बताएका छन्। चालकको गम्भीर लापरबाहीले दुर्घटना भएको भन्दै स्थानीयले सडक अवरूद्ध गरेका छन्। यसैबीच गाडीसहित चालकलाई पथरी प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी कृष्ण खड्काले बताए।

    खड्काका अनुसार मृतकको शव उठाउन सामान्य बलसमेत प्रयोग गर्नुपरेको थियो। ‘हामीले सामान्य बल प्रयोग गरेर मृतकको शव उठाएर पोष्टमार्टमका लागि मंगलबारे अस्पातल ल्याएका छौं,’ खड्काले भने,‘रंगेली लैजाने प्रयास गर्दा स्थानीयको ढुंगामुडाले शव बोकेको एम्बुलेन्समासमेत क्षति पुगेकाले थप क्षति रोक्न यता ल्याएका हौ।’ खड्काले यदि परिवारले रंगेलीनै लैजान चाहेमा सुरक्षाको व्यवस्थासहित रंगेली नै पठाउनसमेत तयार रहेको बताए।

    बालज्योति बोर्डिङ स्कुलकी संस्थापक एवं शिक्षिकासमेत रहेकी मृतक भट्टराईका श्रीमान विद्या नेपाल, ४ वर्षिय छोरा १४ वर्षिया छोरी छन्। दुई चक्काको बिचमा परेर बाँचेः घाइते विकल भट्टराई

    बसको ठक्करबाट घाइते भएका विकल भट्टराईका अनुसार “रमाइलोबाट म दिदीलाई लिएर आउँदै थिए। अलिकति तल भौसाबारीको काठ मिल नेर आइपुग्दा तिब्र गतिमा आएको स्कुलको बसले हामीलाई ओभरटेक गरेर गयो।”

    अलिक तल पुगेपछि गाडी सिधै हाम्रो अगाडि रोकियो। हामीलाई अगाडि जाने बाटो नै भएन। मैले पनि गाडी रोकेँ। बस त एक्कासी ब्याक सारेर आयो। हामीलाईसमेत सोहोरेर गाडी धेरै पछाडिसम्म लग्यो। अलिकति पर्तिर पुगेपछि म कसो कसो गरेर अगाडि र पछाडिको चक्काको बिचबाट निस्कन पुगेँछु।

    मेरो टाउकोमा हेल्मेटनै थियो गाडीलाई हेल्मेटले हानेपछि बल्ल रोकियो। गाडीभरी विद्यार्थीहरू थिए। मेरो पछाडि बसेकी दिदीलाई पछाडिको चक्काले भेटेछ। दिदीको विभत्स अवस्था देखेँ। मेरो त होस नै रहेन। त्यसपछि होस आउँदा हस्पिटलमा थिएँ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २४ गतेको राशिफल

    आज असार २४, २०८२ (जुलाई ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    पुस मसान्तभित्र जनसम्पर्क समितिको अधिवेशन

    काठमाण्डौ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रवासमा रहेका नेपालीहरूको सङ्गठनलाई थप सुदृढ गर्न क्षेत्रीय र...

    ओलीको कथन : शिवजी चाम्लिङ थिए कि भन्ने लाग्छ कहिलेकाहीँ

    काठमाडौं, असार २३ – प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने सम्भावना व्यक्त गर्नुभएको...

    तनहुँ सेवा समाज कुवेतले नयाँ वर्षको अवसर पारेर २ जनवरी २०२६ मा सांगीतिक धमाका गर्ने

    कुवेत, असार २३  — तनहुँ सेवा समाज कुवेतको १३औँ मासिक बैठक अध्यक्ष सोम बहादुर खत्रीकाे...

    नेपाली जनप्रगतिशील मोर्चा कुवेतका उपाध्यक्ष कैलाश मैनालीको पहलमा कुवेतमा अलपत्र परेका दुई युवाको उद्धार

    कुवेत, असार २३ – रोल्पा जिल्लाका भरत घर्ती मगर र सल्यान जिल्लाका नरेश कुमार वली रोजगारीको...