News Portal

सरकारलाई स्वार्थी समूहले चलाइरहेको छ : कांग्रेस नेता प्रकाशमान

हिमाली संचार संवाददाता
६५२ पटक

२ असोज, काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारलाई गिरोह र स्वार्थी समूहले चलाइरहेको टिप्पणी गरेका छन् । यो सरकारले जनताको पक्षमा एउटा पनि राम्रो काम नगरेको उनले आरोप लगाए ।

गणेशमान सिंहको २१ औं स्मृति दिवसको अवसरमा मंगलबार शोभागवतीमा आयोजित कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै नेता सिंहले भने, ‘आफ्नो गिरोहभित्रका केही सीमित व्यक्तिहरुको इन्ट्रेष्टमा मात्रै यो सरकारले काम गरिरहेको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र समृद्धिका कुरा बढी तर काम कम गरिरहेको सिंहले बताए । जनतालाई राहत दिने काम सरकारले नगरेको भन्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले भने, ‘सुशासन र समृद्धिको कुरा उहाँले नारामा त धेरै गर्नुहुन्छ । तर जनताले त केही पाएका छैनन् । हिजो राति मात्रै दशैंको मुखमा इन्धनको मूल्य बढाइएको छ । जनतालाई केन्द्रविन्दुमा राखेर यो सरकारले काम गरेकै छैन ।’

स्वयम् प्रधानमन्त्री, सत्तारुढ दलका नेता तथा सांसदहरुका असन्तुष्टिले पनि यो सरकार कसरी सञ्चालन भइरहेको छ भन्ने कुरा स्पष्ट हुने उनले बताए । सरकारको आलोचना गर्नेहरुविरुद्ध अरिंगाल बनेर जाइलाग्न प्रधानमन्त्रीले निर्देशन दिएको प्रसंग जोड्दै नेता सिंहले भने, ‘हामीले त उहाँको केही टिप्पणीसमेत गर्न नहुने भइसक्यो । पत्रकारलाई हतकडी लगाएर लगिसकेको छ ।’

सरकारलाई फिस्टे चरासँग तुलना

दुई तिहाइ बहुमत भए पनि वर्तमान सरकारले काम गर्नै नजानेको उनले दाबी गरे । उनले वर्तमान सरकारलाई फिस्टे चराको चालसँग तुलना गरे । ‘यो सरकारले राम्रो काम गरोस् भनेर हामीले सुरुमै शुभकामना दिएकै हो । अहिले पनि हाम्रो शुभकामना छ । तर के गर्ने फिस्टेको खुट्टैबाट चाल पाइन्छ भनेजस्तै यिनीहरुलाई म्यानेजै गर्न आउँदैन ।’

द्वन्द्वकालमा एक नेपालीले अर्को नेपालीलाई हत्या गरेको सुन्नुपरेजस्तै अहिले हत्या, आतंक र अपराधका घटना सुन्नु परिरहेको भन्दै नेता सिंहले सरकार शान्ति सुरक्षा कायम गर्न पनि असफल भएको आरोप लगाए ।

सरकारको गलत कार्यशैलीका कारण जनताले राहतभन्दा आहत बढी पाइरहेको भन्दै उनले नेपाली कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताए । कांग्रेसले आफ्नो क्षमताले भ्याएसम्म सदनदेखि सडकसम्म नियम कानुनभित्रै रहेर काम गरिरहेको उनको भनाइ छ ।

‘यो सरकारले जनतालाई राहतको सट्टा आहत दिने र लोकतान्त्रिक मूल्य मान्यतालाई पन्छाएर केन्द्रियता लाद्ने प्रयास गरेको कुरालाई हामीले जनतामा लगिरहेका छौं,’ उनले भने, ‘कांग्रेसले तोडफोड गर्ने, अनियन्त्रित जुलुस निकाल्ने काम चाहिँ गर्दैन । यो सिस्टमको परिधीभित्र बसेर शान्तिपूर्ण तवरले आफ्ना कुराहरु गर्छौं ।’

कांग्रेस पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले गणेशमान सिंहले प्रजातान्त्रिक मूल्य मान्यताका लागि गरेको संघर्ष, त्याग र विचारलाई कांग्रेसले अनुसरण गरिरहेको पनि बताए ।

कार्यक्रममा पूर्वसभामुख दमनाथ ढुंगाना, राष्ट्रियसभामा विपक्षी दलका नेता सुरेन्द्र पाण्डे, कांग्रेस नेताहरु नविन्द्रराज जोशी, राजेन्द्र केसी, वद्रि पाण्डे, कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँ लगायतले गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेका थिए ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...