News Portal

  • तमू समाज कुबेतको आयोजनामा तमू ल्वों ल्होछार रक्तदान गरेर मनाईयो

    हिमालीसंचार संवाददाता
    १०६८ पटक

    कुवेत सिटी – तमूहरुको मौलिक राष्ट्रिय महानपर्व ल्होछार(ल्होसार) यस बर्ष ‘च्यु’ ल्हो’ (मुसा वर्ग)को बिदाइ तथा ‘ल्वों ल्हो’ (गाई बर्ग)को स्वागत गरी मनाएको छ। यसै क्रममा तमू समाज कुबेतले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिट-१९)को त्रासलाई मध्यनजर गरी १ जनवरी २०२१ शुक्रबारका दिन कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रिया गएर “रक्तदान” गरेर ल्होछार(ल्होसार) उत्सबलाई मनायो।

    प्रवासीभूमिमा रहेरपनि आफ्नो मौलिक जातिय पहिचान, भाषा, सँस्कार र सँस्कृतिको संरक्षण गर्नुको साथै विभिन्न सामाजिक सेवामा निरन्तर आफ्नो हात फैल्याउँदै आइरहेको तमू समाज कुवेतले हरेकवर्ष तमू ल्होछार (ल्होसार) भब्यताको साथ मनाउदै आइरहेको छ।

    यस बर्ष भने, बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिट-१९)ले सारा दुनियाँलाई नै आक्रान्त बनाईरहेको अवस्थामा हरेक बर्षझै सामूहिक रुपमा भव्य रुपमा मनाउन अनुकुल नरहेपछी तमू समाज कुवेतले यो बिसम परिस्थितीलाई नै अवसरमा परीणत गरी “आफु पनि बाचौ र अरुलाई पनि बचाऔ” भन्दै मेडिकल निर्देशिकाहरुलाई मध्य नजर राखी सामाजिक दुरीलाई कयाम गरी यसपालीको तमू ल्होछार(ल्होसार) चाडँलाई “रक्तदान” गरेर मनाउने निर्णय गरे बमोजिम उक्त मानवीय पुण्य कार्यमा सरिक रहन सबैलाई आह्वान गरेको थियो।

    कार्यक्रमको अन्त्यमा, कार्यक्रमलाई समापन गर्दै अध्यक्ष राजु गुरुङले प्रवासमा स्थानिय नियमहरुलाई पालना गरी समय परिस्थिती बमोजिम चल्नुपर्ने औल्याउँदै तमू ल्होछार(ल्होसार) तथा अंग्रेज़ी नयाँ वर्ष २०२१ विशेष “रक्तदान” कार्यक्रम सौहार्द रूपमा सम्पन्न भएकोमा खुशी ब्यक्त गर्दै उक्त कार्यक्रमलाई सफल बनाउन उपस्थित स्वयंसेवी रक्तदाताहरु, अहोरात्र खटनु भएका समाजका सल्लाकार तथा सदस्यहरु, खानपिनलाई सौजन्य गर्नु हुने दानी महानुभावहरूलगायत उपस्थित सबैलाइ मुरीमुरी बिशेष धन्यवाद ब्यक्त गर्नुभएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

    काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका...

    ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

    काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन...

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक हित,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...