News Portal

तमू समाज कुबेतको आयोजनामा तमू ल्वों ल्होछार रक्तदान गरेर मनाईयो

हिमालीसंचार संवाददाता
११६७ पटक

कुवेत सिटी – तमूहरुको मौलिक राष्ट्रिय महानपर्व ल्होछार(ल्होसार) यस बर्ष ‘च्यु’ ल्हो’ (मुसा वर्ग)को बिदाइ तथा ‘ल्वों ल्हो’ (गाई बर्ग)को स्वागत गरी मनाएको छ। यसै क्रममा तमू समाज कुबेतले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिट-१९)को त्रासलाई मध्यनजर गरी १ जनवरी २०२१ शुक्रबारका दिन कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रिया गएर “रक्तदान” गरेर ल्होछार(ल्होसार) उत्सबलाई मनायो।

प्रवासीभूमिमा रहेरपनि आफ्नो मौलिक जातिय पहिचान, भाषा, सँस्कार र सँस्कृतिको संरक्षण गर्नुको साथै विभिन्न सामाजिक सेवामा निरन्तर आफ्नो हात फैल्याउँदै आइरहेको तमू समाज कुवेतले हरेकवर्ष तमू ल्होछार (ल्होसार) भब्यताको साथ मनाउदै आइरहेको छ।

यस बर्ष भने, बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिट-१९)ले सारा दुनियाँलाई नै आक्रान्त बनाईरहेको अवस्थामा हरेक बर्षझै सामूहिक रुपमा भव्य रुपमा मनाउन अनुकुल नरहेपछी तमू समाज कुवेतले यो बिसम परिस्थितीलाई नै अवसरमा परीणत गरी “आफु पनि बाचौ र अरुलाई पनि बचाऔ” भन्दै मेडिकल निर्देशिकाहरुलाई मध्य नजर राखी सामाजिक दुरीलाई कयाम गरी यसपालीको तमू ल्होछार(ल्होसार) चाडँलाई “रक्तदान” गरेर मनाउने निर्णय गरे बमोजिम उक्त मानवीय पुण्य कार्यमा सरिक रहन सबैलाई आह्वान गरेको थियो।

कार्यक्रमको अन्त्यमा, कार्यक्रमलाई समापन गर्दै अध्यक्ष राजु गुरुङले प्रवासमा स्थानिय नियमहरुलाई पालना गरी समय परिस्थिती बमोजिम चल्नुपर्ने औल्याउँदै तमू ल्होछार(ल्होसार) तथा अंग्रेज़ी नयाँ वर्ष २०२१ विशेष “रक्तदान” कार्यक्रम सौहार्द रूपमा सम्पन्न भएकोमा खुशी ब्यक्त गर्दै उक्त कार्यक्रमलाई सफल बनाउन उपस्थित स्वयंसेवी रक्तदाताहरु, अहोरात्र खटनु भएका समाजका सल्लाकार तथा सदस्यहरु, खानपिनलाई सौजन्य गर्नु हुने दानी महानुभावहरूलगायत उपस्थित सबैलाइ मुरीमुरी बिशेष धन्यवाद ब्यक्त गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...