काठमाडौँ -२४ घण्टामा थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २ लाख ६१ हजार ४३८ संक्रमितको संख्या पुगेको छ ।
त्यसैगरी २४ घण्टामा ७५० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ५३ हजार ८५७ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ५ हजार ७११ छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ४२ हजार ७०२ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३६७ रहेको छ ।
कोरोना संक्रमणबाट २४ घण्टामा थप ६ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७० जना पुगेको छ ।