News Portal

  • प्रधानमन्त्री कप महिला क्रिकेट: एपिएफ फाइनलमा, बाहिरियो सुदूरपश्चिम

    हिमालीसंचार संवाददाता
    ३५५ पटक

    काठमाडौँ – विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) दाङको लमही जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी २० प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै एपिएफ फाइनलमा प्रवेश गरेको हो।

    सुदूरपश्चिमले दिएको ६१ रनको लक्ष्य एपिएफले मात्र १ विकेट गुमाएर १५ ओभरमा पूरा गर्‍यो। एपिएफको लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक अविजित २६ तथा सरिता मगरले अविजित १९ रन बनाइन्। कप्तान सीता राना मगरले ७ रन योगदान दिइन्। सुदूरपश्चिमको बलिंगमा कविता कुँवरले १ विकेट हात पारिन्।

    यसअघि, लमही क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित १६ ओभरमा ७ विकेट गुमाएर ६० रन बनाएको थियो। सुदूरपश्चिमको ब्याटिङमा कविता जोशीले सर्वाधिक २२, रेवती धामीले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सउमनले दोहोरो अंकमा रन बनाउन सकेनन्।

    कविता कुँवरले ९, ऋतु कनोजियाले ४, सम्झना खड्का र लक्ष्मी साउदले समान ३ रन बनाए। एपीएफको बलिंगमा अफ स्पिनर करुणा भण्डारीले सर्वाधिक ३ विकेट लिइन्। सुदूरपश्चिमका ३ जना खेलाडीहरु रन आउट भए। प्रतियोगिताको अघिलो संस्करणको फाइनलमा एपिएफले सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेको थियो।

    एपिएफ समूह ‘ए’ को विजेता तथा सुदूरपश्चिम प्रदेश समुह ‘बि’ को उपविजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको हो। अर्को सेमिफाइनलमा अहिले प्रदेश १ र लुम्बिनी प्रदेशले प्रतिस्पर्धा गर्दैछन्। यो खेलको विजेता टोलीसंग एपीएफले आइतबार फाइनल खेल खेल्नेछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ८ गतेको राशिफल

    आज कार्तिक ८, २०८२ (अक्टोबर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    माइतीघरमा जेनजी आन्दोलनका समर्थकहरूको प्रदर्शन, शहीदहरूको सम्झना

    काठमांडौं, कात्तिक ७ – जेनजी आन्दोलनका समर्थकहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै शहीदहरूको बलिदान सम्झन र...

    आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु

    काठमाडौं, कात्तिक ७ – गायिका नितु पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे...

    १५ नयाँ दल दर्ता, आयोगले गर्यो अध्ययन

    काठमाडौं, कार्तिक ७ – निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि आएका १५ दलको आवेदन...

    माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकीकरण अन्तिम चरणमा

    काठमाडौं, कार्तिक ७ – लामो समयदेखि वामपार्टीबीचको एकताको प्रयास अन्तिम चरणमा पुगेको छ। नेकपा माओवादी...