News Portal

संसदमा गर्जिए महिला सांसद : यौन धन्दा चलाउँछु भन्ने मुख्यमन्त्रीको राजीनामा माग

हिमाली संचार संवाददाता
१०६६ पटक

काठमाडौं – यौन धन्दालाई वैध बनाउने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङको राजीनामा माग गरिएको छ। राष्ट्रिय जनता पार्टीकी सांसद चन्दा चौधरीले संसद बैठकमा बोल्दै रेडलाइट एरिया खोल्ने भन्दै महिला अस्मिता माथी प्रहार भएकोले मुख्यमन्त्री गुरुङले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरिन्।

मुख्यमन्त्री गुरुङको भनाईले नेपाली नारीको अपमान भएको उनको तर्क छ। ‘महिला हिंसा रोक्न नसक्ने रेडलाइटको कुरा गर्ने,’ उनले भनिन, ‘उहाँको भनाईले महिला अस्मिता माथी प्रहार भएको छ।’ केही दिन अघि गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले ‘रेडलाइट एरिया’ खोलेर परिचयपत्र दिनु पर्ने बताएका थिए।

सांसद चौधरीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनामा सरकारले अझै दोषी पत्ता लगाउन नसकेको भन्दै पीडितलाई न्याय दिन माग गरिन्।

 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...