News Portal

कर्णालीमा एक वर्षमा ४९ जना नयाँ कुष्ठरोगी फेला

हिमालीसंचार संवाददाता
४१२ पटक

वीरेन्द्रनगर – कर्णाली प्रदेशमा एक बर्षमा ४९ जना नयाँ कुष्ठरोगीका विरामी फेला परेका छन। आर्थिक वर्ष २०७६/०७७ मा कर्णालीका १० जिल्लामा नयाँ विरामी पत्ता लागेका आइएनएफ सुर्खेतले जनाएको छ।

कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको आईएनएफले सबैभन्दा धेरै सुर्खेतमा १४ जना नयाँ विरामी भेटिएको जनाएको छ। जाजरकोटमा १३, सल्यानमा २, कालिकोटमा ६ र जुम्लामा १ नयाँ बिरामी फेला परेका छन्।

कर्णालीका सुर्खेतसहित दैलेख, जाजरकोट र कालिकोट कुष्ठरोगको जोखिममा रहेको जिल्लामा परेका छन्। आर्इएनएफ सुर्खेतमा कर्णाली प्रदेश बाहेका अन्य जिल्लाका १० जना विरामीले पनि सेवा लिएको अस्पतालले जनाएको छ। प्रति १० हजार जनसंख्यामध्ये एक जनाभन्दा कम गर्ने लक्ष्य लिइए पनि बिरामीहरू वर्षेनि बढ्दै जाँदा यसमा चुनौती देखिएको छ।

साइनिङ अस्पतालका प्रमुख मंगल चौधरीले कर्णालीमा ६० जनाको हाराहारी बर्षमा नयाँ कुष्ठरोगका विरामी देखिने गरेको बताउनुभयो। उहाँले यो बर्ष कोरोना माहामारीका कारण धेरैले सेवा लिन नपाएकाले विरामीको संख्यामा कमी आएको बताउनुभयो।

विरामीमध्ये अधिकांश १५ देखि ५९ वर्ष उमेर समूहका ३९ जना, ६० वर्ष उमेरमाथीका ६ र एकदेखि १४ वर्ष उमेर समूहका ४ जना रहेका बताउनुभयो। नेपालमा पनि वर्षेनी ३ हजारभन्दा बढी कुठरोगका बिरामी फेला पर्ने गरेका छन्। एक बर्षको अवधिमा आइएनएफ सुर्खेतमा १० हजार कोष्ठरोग तथा छाला सम्बन्धी समस्या भएका विरामीले सेवा लिएका छन।

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...