News Portal

अनुराग थापा मगर र प्रिती आलेको स्वरमा रामजी खाड अभिनित “माकुरी जाल बुन” सार्बजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
७९० पटक

राजु बोहरा/काठमाडौँ – मानिसलाई खानाको परिकारमा बिभिन्न स्वादको आवस्यक परे जस्तै गीत संगीत सुन्न र हेर्नमा पनि मान्छे अनुसार फरक-फरक स्वादको आवस्यक पर्ने गर्दछ । त्यसैले पनि समग्र संगीत पारखीहरुका लागि आफ्नो तर्फबाट फरक र उत्कृष्ट स्वाद पस्किन कलाकारहरु खाइनखाई जुटिरहेका हुन्छन् । यसै क्रममा बिभिन्न गीत संगीतहरु आउने क्रममा गायक अनुराग थापा मगरको प्रयास बाट फेरी अर्को अत्यन्तै फरक शैलीको गीत लोक दोहोरी गीत “माकुरी जाल बुन” भर्खरै बजारमा आएको छ ।

बहुचर्चित सर्जक एक नारायण भण्डारीको लय तथा शब्द सृजनामा रहेको यस गीतमा प्रीति आले र गायक अनुराग थापा मगरको सुमधुर स्वर सुन्न सकिन्छ । गीतको भाव अनुसार म्युजिक भिडियो पनि निकै उत्कृष्ट बनेर अहिले नेपाली सांगीतिक बजारमा छाएको छ ।

भिडियोमा बहुचर्चित गायक तथा मोडेल रामजी खांड,आरुशी मगर संगै दल मगर र मुना मगरको सुन्दर अभिनय देख्न सकिन्छ । मौसम हिमाली द्वारा निर्देशित भिडियोलाई छायांकन दुर्गा पौडेलले गरेका हुन् भने प्रबीन रेश्मी मगरले सम्पादन गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...