News Portal

भुपाल राईको “मृत्यु एक बिन्ती छ” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
६२२ पटक

काठमाण्डौ – “मृत्यु एक बिन्ती छ” बोलको लिरिकल म्युजिक भिडियो हिजो गीतकार भुपाल राईको युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन्।

वरिष्ठ कवि तथा गीतकार भुपाल राईको शब्द रचना रहेको यो गीतको संगित युवा संगितकार आश कुमार राईले गरेका छन,भने लोकप्रिय तथा वरिष्ठ गायक उदय सोताङको आवाज रहेको छ।

कवि तथा गीतकार भुपाल राईको आफ्नै युट्युब च्यानल “भुपाल राई अफिसियल युट्युब च्यानल” मार्फत हिजो सार्वजनिक भएको उक्त गीतको संगित संयोजन वरिष्ठ संगित संयोजक लाहाङ सुब्बाको गरेका हुन्। यस गीतको मिक्सिङ तथा मास्टरिङ वरिष्ठ साउण्ड ईन्जिनियर तथा रेकर्डिष्ट मित्र लामाले गरेका हुन। 

संगम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यो गीतलाई ओजस स्टुडियो प्रालिले भिडियो निर्माण गरेको हो। भने यो गीतको लिरिकल भिडियो सम्पादन धड्कन लिम्बु तथा वरिष्ठ भिडियो सम्पादक नरोत्तम पाण्डेले गरेका हुन। 

यो गीतको सन्दर्भमा गीतकार भुपाल राई भन्छन, सयकडौं गीतहरु लेखिए रेकर्ड भए आ-आफ्नो ठाँउमा सबै गीतहरुको महत्व र सान्दर्भिकता उत्तिकै मुल्यवान हुन्छ। तर यो गीत ती अन्य गीतहरु भन्दा फरक गीत हो। यो गीत एउटा सामाजिक, राजनीतिक, दार्शनिक र ब्रह्माण्डिय चेत सहितको भौतिकबादी दृष्टिकोणबाट समाज रुपान्तरणको अभिष्ट पोख्ने गीत हो। जुन गीतले हाम्रो समाजमा रहेको बर्गिय असमानताको खाडलहरु पुर्दै उन्नत र समतामूलक समाज निर्माणको चेतना प्रवाह गरेको छ। यस अर्थमा यो गीत अरु गीतहरु भन्दा फरक रहेको छ। 

यही गीतको सवालमा संगीतकार आश कुमार राई भन्छन: “मृत्यु दर्शन र जीवन दर्शन एक अर्का प्रति बिपरित छन। मृत्यु शाश्वत छ तर एउटा भौतिकबादी चेतले उक्त शाश्वत मृत्यु माथी निर्मम ढंङ्गले आफ्नो उदेश्य र कर्तव्यहरुको बारेमा जानकारी गराउँदै अतिरिक्त समयको जोरदार माग गरिरहेको छ।” त्यसैले, बजारमा चलेका सतही गीतहरु भन्दा चेतना र दृष्टिकोणमा सन्देश प्रवाचकों हिसाबले यो गीत निक्कै माथी छ। 

संगीतकार भन्छन् : “यस कारणले यो गीत सबै प्रकारका दर्शक श्रोताका लागि बनेको हो। तर सबैको लागि बनेपनी सबैको चेतनाको पहुँचमा सम्म नहुन पनि सक्छ। किनकी चेतना सबैको एउटै उचाईको नहुन सक्दछ। त्यस्तै,  मानिसको दृष्टिकोण पनि एउटै नहुन सक्दछ। तर समाज विज्ञान र सामाजिक चेतनाको दृष्टिकोणले यो गीत सम्पूर्ण चेतनसिल आम मानिसहरु अनि समाजको निम्ति नै बनेको हो। 

म्युजिक भिडियो यहाँ होर्नुस्

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...