News Portal

भुपाल राईको “मृत्यु एक बिन्ती छ” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
६४१ पटक

काठमाण्डौ – “मृत्यु एक बिन्ती छ” बोलको लिरिकल म्युजिक भिडियो हिजो गीतकार भुपाल राईको युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन्।

वरिष्ठ कवि तथा गीतकार भुपाल राईको शब्द रचना रहेको यो गीतको संगित युवा संगितकार आश कुमार राईले गरेका छन,भने लोकप्रिय तथा वरिष्ठ गायक उदय सोताङको आवाज रहेको छ।

कवि तथा गीतकार भुपाल राईको आफ्नै युट्युब च्यानल “भुपाल राई अफिसियल युट्युब च्यानल” मार्फत हिजो सार्वजनिक भएको उक्त गीतको संगित संयोजन वरिष्ठ संगित संयोजक लाहाङ सुब्बाको गरेका हुन्। यस गीतको मिक्सिङ तथा मास्टरिङ वरिष्ठ साउण्ड ईन्जिनियर तथा रेकर्डिष्ट मित्र लामाले गरेका हुन। 

संगम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यो गीतलाई ओजस स्टुडियो प्रालिले भिडियो निर्माण गरेको हो। भने यो गीतको लिरिकल भिडियो सम्पादन धड्कन लिम्बु तथा वरिष्ठ भिडियो सम्पादक नरोत्तम पाण्डेले गरेका हुन। 

यो गीतको सन्दर्भमा गीतकार भुपाल राई भन्छन, सयकडौं गीतहरु लेखिए रेकर्ड भए आ-आफ्नो ठाँउमा सबै गीतहरुको महत्व र सान्दर्भिकता उत्तिकै मुल्यवान हुन्छ। तर यो गीत ती अन्य गीतहरु भन्दा फरक गीत हो। यो गीत एउटा सामाजिक, राजनीतिक, दार्शनिक र ब्रह्माण्डिय चेत सहितको भौतिकबादी दृष्टिकोणबाट समाज रुपान्तरणको अभिष्ट पोख्ने गीत हो। जुन गीतले हाम्रो समाजमा रहेको बर्गिय असमानताको खाडलहरु पुर्दै उन्नत र समतामूलक समाज निर्माणको चेतना प्रवाह गरेको छ। यस अर्थमा यो गीत अरु गीतहरु भन्दा फरक रहेको छ। 

यही गीतको सवालमा संगीतकार आश कुमार राई भन्छन: “मृत्यु दर्शन र जीवन दर्शन एक अर्का प्रति बिपरित छन। मृत्यु शाश्वत छ तर एउटा भौतिकबादी चेतले उक्त शाश्वत मृत्यु माथी निर्मम ढंङ्गले आफ्नो उदेश्य र कर्तव्यहरुको बारेमा जानकारी गराउँदै अतिरिक्त समयको जोरदार माग गरिरहेको छ।” त्यसैले, बजारमा चलेका सतही गीतहरु भन्दा चेतना र दृष्टिकोणमा सन्देश प्रवाचकों हिसाबले यो गीत निक्कै माथी छ। 

संगीतकार भन्छन् : “यस कारणले यो गीत सबै प्रकारका दर्शक श्रोताका लागि बनेको हो। तर सबैको लागि बनेपनी सबैको चेतनाको पहुँचमा सम्म नहुन पनि सक्छ। किनकी चेतना सबैको एउटै उचाईको नहुन सक्दछ। त्यस्तै,  मानिसको दृष्टिकोण पनि एउटै नहुन सक्दछ। तर समाज विज्ञान र सामाजिक चेतनाको दृष्टिकोणले यो गीत सम्पूर्ण चेतनसिल आम मानिसहरु अनि समाजको निम्ति नै बनेको हो। 

म्युजिक भिडियो यहाँ होर्नुस्

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...