News Portal

माननीय राजन राईको नयाँ गीत, “एउटा तक्मा” झुण्ड्याएर सार्वजनिक म्युजिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
१२८४ पटक

काठमाण्डौ – चर्चित गीतकारका रुपमा राम्रो परिचय बनाएका युवा साहित्यकार राजन राईले नया गीत बजारमा ल्याएका छन् । खोटाङ जिल्लाबाट १ नम्बर प्रदेश सभा सदस्य तथा गीतकार राजन राईको शब्द रचना रहेको ‘एउटा तक्मा’ कन्काइस्ट राई अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन्।

सार्वजनिक गीतको संगीत डाक्टर किरातले गरेका हुन् ।यूवा गायक तथा संगीतकार कनकाईष्ट राईको स्वरमा रहेको गीतको ऐरेन्ज लाहाङ सुब्बाले गरेका छन् । मिन विष्टले मिक्सिङ मास्टरिङ गरेका हुन्। 

भर्जिन रेर्कडिङ स्टुडियो नक्सालमा रेर्कड गरिएको गीतमा गीतकार राईले (गोर्खाली) नेपाली लाहुरे पूर्खाको सम्झनामा हजारौँ अग्रज गोर्खाली सेनाको वीरताको गाथाको बास्तविक कथामा आधारित रहेर यो ऐतिहासिक गीत रचना गरेका छन् । 

गीतको प्रारम्भदेखि अन्त्य सम्म ऐतिहासिक कथा समेटिएको गीतमा गोर्खाली सेनाहरुले वीरता पूर्वक लड्दा लड्दै हात खुट्टा गुमाएको गम्भीर विषयको उजागर गरेका छन् । आफ्नो महत्वपूर्ण अंग हात खुट्टा गुमाएर “एउटा तक्मा” झुण्ड्याएर धर फर्किएको स्मरण गर्दै हजुर आमाले गरेको वर्णन गीतका हरफहरुमा पाईन्छ ।

नेपालको आदिवासी समूदायहरु विशेष गरेर विदेशी सेनामा भर्ना हुने तर त्यसको प्रतिफल आफ्नो ज्यान गुमाउने अन्तत खाली हात स्वदेश फर्कनुको पि’डा गीतले वास्तविक चित्रण गरेको पाइन्छ ।

पारिवारीक पृष्ठभूमी लाहुरे परिवार भएर पनि माननीय राईले आफ्नो समाज संस्कृतिलाई छा्ड्न नसकेर विदेशको आईडी त्यागेका, उहाँ सानै उमेरदेखि साहित्य तर्फ इच्छुक राईले गीत लेखकको रुपमा स्थापित हुँदै राजनीतिक विद्यार्थी संगठनमा आवद्ध हुँदै दुवै क्षेत्रमा सफलता प्राप्त गर्दै आएका छन्। 

गीतकार राईले “जीन्दगी यो फुलैफुलको थुगो हुँदैन” भन्ने जस्ता चर्चित गीत लेख्न सफल गीतकार हुन्। गीतकार तथा राजनीतिज्ञ माननीय राजन राई हाल नेकपाको केन्द्रिय सदस्य तथा प्रदेश-१ प्रत्यक्ष तर्फबाट निर्वाचित माननीय समेत हुन् ।

म्युजिक भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...