News Portal

मणिराज बस्नेतको “मायाले बोलाको” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
७९३ पटक

काठमाण्डौ – काठमाण्डौ जिल्ला दक्षिणकाली नगर पालिका वडा नं.५ फर्पीङ, डोल्लुमा जन्मिएका गीतकार मणी राज बस्नेत लामो समयदेखि अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा बसेर पनि नेपाली साहित्य सिर्जना गरिरहेको छन्। गीतकार बस्नेतले भर्खरै नयाँ गीत “मायाले बोलाको” म्युजिक भिडियो मणिराज बस्नेत युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन्।

गीतकार बस्नेतले पाँच दर्जन भन्दा धेरै गीत रेकर्ड गराई सकेका अनुभवी गीतकार हुन्। गीतकार बस्नेतको पहीलो एल्वम: “पीडा”२०६४, दोस्रो एल्वम “फाटेको मन” २०६७, तेस्रो एल्वम: “प्रवासी मन” २०७२ साथै अन्य गीतको समेत तयारीमा रहेको गीतकारले जानकारी दिएका छन्। 

सार्वजनिक म्युजिक भिडियो चर्चित गायिका बबिना किरातीको आवाजमा युवा संगीतकार गौतम सागर राईको संगीत र ऐरेन्जर राजु कार्की, मिक्सिंग गोविन्द सोनी, रेकर्डिस्ट सुबास कुथुमी राईले एक्शन स्टुडियो काठमाण्डौमा गरेका गीतको प्राविधिक पक्षमा प्रीयजन राईले गरेका हुन्। 

सार्वजनिक गीतको म्युजिक भिडियोमा मुख्य अभिनय अञ्जली अधिकरी, लोमश शर्मा र भिडियो निर्देशन याम गुरुङले गरेका छन् । सार्वजनिक म्युजिक भिडियोको छायांकन र भिडियो एडिटिङ बिपिन भाटले गरेका हुन्। 

म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...