News Portal

मणिराज बस्नेतको “मायाले बोलाको” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
७४२ पटक

काठमाण्डौ – काठमाण्डौ जिल्ला दक्षिणकाली नगर पालिका वडा नं.५ फर्पीङ, डोल्लुमा जन्मिएका गीतकार मणी राज बस्नेत लामो समयदेखि अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा बसेर पनि नेपाली साहित्य सिर्जना गरिरहेको छन्। गीतकार बस्नेतले भर्खरै नयाँ गीत “मायाले बोलाको” म्युजिक भिडियो मणिराज बस्नेत युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन्।

गीतकार बस्नेतले पाँच दर्जन भन्दा धेरै गीत रेकर्ड गराई सकेका अनुभवी गीतकार हुन्। गीतकार बस्नेतको पहीलो एल्वम: “पीडा”२०६४, दोस्रो एल्वम “फाटेको मन” २०६७, तेस्रो एल्वम: “प्रवासी मन” २०७२ साथै अन्य गीतको समेत तयारीमा रहेको गीतकारले जानकारी दिएका छन्। 

सार्वजनिक म्युजिक भिडियो चर्चित गायिका बबिना किरातीको आवाजमा युवा संगीतकार गौतम सागर राईको संगीत र ऐरेन्जर राजु कार्की, मिक्सिंग गोविन्द सोनी, रेकर्डिस्ट सुबास कुथुमी राईले एक्शन स्टुडियो काठमाण्डौमा गरेका गीतको प्राविधिक पक्षमा प्रीयजन राईले गरेका हुन्। 

सार्वजनिक गीतको म्युजिक भिडियोमा मुख्य अभिनय अञ्जली अधिकरी, लोमश शर्मा र भिडियो निर्देशन याम गुरुङले गरेका छन् । सार्वजनिक म्युजिक भिडियोको छायांकन र भिडियो एडिटिङ बिपिन भाटले गरेका हुन्। 

म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...