News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • दर्शन ठकुरी समाज कुवेतको अध्यक्षमा हमाल र महासचिबमा मल्ल चयन

    हिमालीसंचार संवाददाता
    ७४१ पटक

    कुवेत – दर्शन ठकुरी समाज कुवेतको अधिवेशनमा रक्तदान कार्यक्रमको आयोजना गरेर सम्पन्न गरिएको छ। गएको शुक्रबार कुवेतको साल्मियामा सम्पन्न चौथो अधिवेशन पश्चात समाजका सम्पुर्ण सदस्यहरुसहित ब्लड बैंक जाब्रियामा गएर रक्तदान गरिएको थियो। एनबिडिको सहकार्यमा उक्त रक्तदान कार्यक्रम गरिएको हो।

    उक्त समाजका संस्थापक तथा संरक्षक बिबि मल्लको सभापतित्वमामा सम्पन्न अधिवेशनमा संस्थाका संरक्षक, सल्लाहकार, सदस्यहरुको उपस्थित रहेको थियो। कार्यक्रम संचालन निवर्तमान उपाध्यक्ष माधब शाहीले गरेका थिए।

    “ठकुरी भाषा र संस्कृतिको संरक्षण गरौ, सम्पूर्ण ठकुरी एक ढिक्का भई अगाडि बढौं” भन्ने मुलनारा बोकेर स्थापना भएको दर्शन ठकुरी समाज कुवेतले नेपाली समाजमा आफ्नो छुट्टै पहिचान बनाएको छ।

    नवनिर्वाचित कार्यसमितिहरुलाइ टीका तथा खादा ओडाएर बधाई दिदै कार्यक्रमको समापन गरीएको थियो भने, नयाँ कार्यसमितिमा मानार्थ संरक्षकहरु डम्बर जङ मल्ल र एल बि हमाल, संरक्षकहरु बिबि मल्ल ठकुरी र बिकास सिंह तथा सल्लाहकारहरुमा उदयराज मल्ल, माधब शाही, तुल्सा मल्ल, राजेन्द्र बम र बल बहादुर खाडलाई सर्वसम्मत चयन गरिएको छ।

    तस्तै, समाजको अध्यक्षमा रुपेन बिक्रम हमाल सर्वसम्मतिका साथ चयन भएका हुन। प्रथम उपाध्यक्षमा निरज सिंह ठकुरी, द्वितीय उपाध्यक्षमा बिष्णु शाह र तृतीय उपाध्यक्षमा सन्तोशी शाहीलाई चयन गरिएको छ।

    महासचिबमा एक राज मल्ल पनि सर्वसम्मतिमै चयन भएका हुन। सचिबमा गोबिन्द मल्ल, कोषाध्यक्षमा सोनीका सिंह र सह-कोषाध्यक्षमा प्रेम सेनलाई चयन गरिएको हो।

    समाजको सदस्यहरुमा कुमार ठकुरी, सरला शाही, बाबू मल्ल, अनिता मल्ल, दीपेन्द्र खाड, गणेश शाही, खेम बहादुर शाही, ज्ञानु सागर शाह, सुरज मल्ल, सत्यम मल्ल, बिजय बम, प्रेम सेन, कृष्ण शाही, अर्जुन शाही, बिजय चन्द, सुरज सेन र सुरज शाही चयन भएका हुन।

    त्यस्तै, साँस्कृतिक संयोजकमा बिजय बम र साँस्कृतिक उप-संयोजकमा खेम शाही ठकुरी तथा युवा संयोजकमा दिपेन्द्र खाड र युवा सह संयोजक बाबू मल्ल ठकुरीलाई सर्वसम्मति चयन गरिएको बताइएको छ।

    प्रतिकृया दिनुहोस्

    भिजिट भिसा प्रकरण : संसद गतिरोध अन्त्य गर्न रास्वपाको ५ बुँदे प्रस्ताव

    काठमाडौं, जेठ २६ – भिजिट भिसा प्रकरणको विषयलाई लिएर केही समययता संसदमा देखिएको अवरोध हटाउन...

    पोखरामा युवकको हत्या प्रकरणः ट्याक्टर चालक र १४ वर्षीय सहचालक पक्राउ

    पोखरा, जेठ २६ – पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै आज बिहान एक...

    आजदेखि संसद् सञ्चालन हुने, सभामुख घिमिरेको स्पष्टोक्ति

    काठमाडौं, जेठ २६ – केही दिनदेखि अवरुद्ध रहेको प्रतिनिधिसभाको बैठक आजदेखि पुनः सञ्चालनमा आउने भएको...

    कृष्टलका पोते तथा माला बनाउने तालिम सम्पन्न

    मोरङ, जेठ २६ – रंगेली–६ स्थित पब्लिक उच्च माध्यमिक विद्यालयको पुरानो भवनमा आयोजित सात दिने...

    १३ गतेदेखि रोकिएको संसद् आज चल्ला? सहमति बन्ने संकेत तर निश्चितता छैन

    काठमाडौं, जेठ २६ – विवादित भिजिट भिसा प्रकरणलाई लिएर राजनीतिक दलहरूबीच निरन्तर छलफल चलिरहेका छन्।...