News Portal

अशिम कुमार कटुवालको दशै गीत “जमरा सुकार” बजारमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
८०५ पटक

राजु बोहरा/काठमाडौँ – दोलखा जिल्लामा जन्मिएर काठमाडौँलाई आफ्नो सांगीतिक कर्मथलो मान्दै आएका प्रतिभावान कलाकार अशिम कुमार कटुवाल निरन्तरता र मेहनतले अशंख्य श्रोता एवं दर्शकहरु माझ पछिल्लो समयमा उच्च रोजाइमा पर्न थालेका छन् । उनि आफ्नै गाउँ वस्ती र कुना कन्दरामा घन्किने लोक भाकाहरुलाई सहरका बस्तिहरुमा रहेर पनि जस्ताको त्यस्तै प्रस्तुत गर्न सक्ने खुबीको कारण उच्च रोजाइमा परेका हुन् ।

अशिमले समय र सन्दर्भलाई ख्याल गर्दै बिभिन्न गीत संगीतहरु बजारमा ल्याइरहेका छन् । भर्खरै बिदा भएको तीज पर्वलाई लक्षित गर्दै उनकै प्रस्तुतिमा बजारमा आएको “साइला मादल बजाउ” ले निकै चर्चा पाएको थियो । यस लगत्तै अमृता रायमाझी (रश्मि) र अशिम कै प्रस्तुतिमा नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावलीको शुभकामना सहित एक दशैँ गीत पनि सार्बजनिक भैसकेको छ ।

“जमरा सुकार” नाममा बजारमा आएको यस गीतमा बाध्यता बस प्रबाशमा रहेर बिभिन्न चाड पर्ब लगाएत दशैँ पर्ब पनि आफ्नो घर परिवार संग मनाउन नपाइएको कथावस्तुमा आधारित यस गीतमा अशिम कुमार कटुवाल र अमृता रायमाझी (रश्मि) को सुमधुर स्वर रहेको छ । गीतलाई लय बिष्णु तामांग र शब्द अशिम कुमार कटुवालले नै भरेका छन् ।

निकै घत लाग्दो ढंगबाट तयार पारिएको यस गीतको म्युजिक भिडियोमा रिकेश रिजाल, अमृता रायमाझी (रश्मि) र सरोज घिमिरेको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन रामचन्द्र बोहराले गरेका हुन् भने छायांकन नमराज घिमिरे र सम्पादन रुकेश बरालले गरेका छन् । अत्यन्त मन छुने बनेको हुनाले अशंख्य श्रोता एवं दर्शकहरुको उच्च रोजाई बन्नेमा यस गीत संग सम्बन्धित कलाकारहरु ढुक्क रहेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...