News Portal

अशिम कुमार कटुवालको दशै गीत “जमरा सुकार” बजारमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
७४२ पटक

राजु बोहरा/काठमाडौँ – दोलखा जिल्लामा जन्मिएर काठमाडौँलाई आफ्नो सांगीतिक कर्मथलो मान्दै आएका प्रतिभावान कलाकार अशिम कुमार कटुवाल निरन्तरता र मेहनतले अशंख्य श्रोता एवं दर्शकहरु माझ पछिल्लो समयमा उच्च रोजाइमा पर्न थालेका छन् । उनि आफ्नै गाउँ वस्ती र कुना कन्दरामा घन्किने लोक भाकाहरुलाई सहरका बस्तिहरुमा रहेर पनि जस्ताको त्यस्तै प्रस्तुत गर्न सक्ने खुबीको कारण उच्च रोजाइमा परेका हुन् ।

अशिमले समय र सन्दर्भलाई ख्याल गर्दै बिभिन्न गीत संगीतहरु बजारमा ल्याइरहेका छन् । भर्खरै बिदा भएको तीज पर्वलाई लक्षित गर्दै उनकै प्रस्तुतिमा बजारमा आएको “साइला मादल बजाउ” ले निकै चर्चा पाएको थियो । यस लगत्तै अमृता रायमाझी (रश्मि) र अशिम कै प्रस्तुतिमा नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावलीको शुभकामना सहित एक दशैँ गीत पनि सार्बजनिक भैसकेको छ ।

“जमरा सुकार” नाममा बजारमा आएको यस गीतमा बाध्यता बस प्रबाशमा रहेर बिभिन्न चाड पर्ब लगाएत दशैँ पर्ब पनि आफ्नो घर परिवार संग मनाउन नपाइएको कथावस्तुमा आधारित यस गीतमा अशिम कुमार कटुवाल र अमृता रायमाझी (रश्मि) को सुमधुर स्वर रहेको छ । गीतलाई लय बिष्णु तामांग र शब्द अशिम कुमार कटुवालले नै भरेका छन् ।

निकै घत लाग्दो ढंगबाट तयार पारिएको यस गीतको म्युजिक भिडियोमा रिकेश रिजाल, अमृता रायमाझी (रश्मि) र सरोज घिमिरेको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन रामचन्द्र बोहराले गरेका हुन् भने छायांकन नमराज घिमिरे र सम्पादन रुकेश बरालले गरेका छन् । अत्यन्त मन छुने बनेको हुनाले अशंख्य श्रोता एवं दर्शकहरुको उच्च रोजाई बन्नेमा यस गीत संग सम्बन्धित कलाकारहरु ढुक्क रहेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...