News Portal

  • डगआउट’मै खुम्चिए सन्दीप

    हिमालीसंचार संवाददाता
    ४०७ पटक

    काठमाण्डौ – दुई महिनाअघि क्यारेबियनबाट इन्डियन प्रिमियर लिग आईपीएल खेल्न यूएई आउँदै गर्दा सन्दीप लामिछानेको मनोबल निकै उच्च थियो । यसको प्रमुख कारण क्यारेबियन प्रिमियर लिग सीपीएल’मा देखाएको उच्च प्रदर्शन नै हो । उनी यसपालि आईपीएलमा धेरैभन्दा धेरै खेल खेल्न पाउनेमा विश्वस्त देखिन्थे ।

    सन्दीप समावेश दिल्ली क्यापिटल्सले सोमबार डबल राउन्ड रोबिनको खेल टुंग्याउँदा नेपाली युवा स्टारले एउटै खेल खेल्न पाएनन् । सन्दीप दिल्लीको सोसल मिडिया र डगआउटमै सीमित भए। सन् २०१८ जनवरी २९ मा बेंग्लोरमा भएको आईपीएल अक्सनबाट तत्कालीन दिल्ली डेयरडेभिल्सले लेग स्पिन सनसनी सन्दीपलाई न्युनतम २० लाख भारुको भाउ लगाउँदै लिएको थियो । 

    दिल्लीले त्यो सिजन आईपीएलमा कमजोर प्रदर्शन गरेको थियो । टोली पुछारमा थन्कियो । 

    अन्तिम तीन खेलमा मौका पाउँदा सन्दीपले सम्झनलायक प्रदर्शन गरेका थिए । उनले ३ खेलमा ५ विकेट लिएका थिए । गत सिजन सन्दीपले ६ खेलमा ८ विकेट लिँदै सन्दीपले आफू स्तरीय खेलाडी रहेको प्रमाणित गरिसकेका थिए ।

    अझ सीपीएलका ११ खेलमा सन्दीपले १२ विकेट लिँदै दुबई आएर ६ दिन क्वारेन्टाइनमा बसेर किंग्स इलेभेन पन्जाबसँगको पहिलो खेलअगाडि तयार भएका थिए । तेस्रो सिजन खेल्दै उनले सीपीएलमा एकै सिजनमा सबैभन्दा बढी विकेट लिएका हुन् ।

     त्यो पनि सन्दीपलाई यस सिजनको आईपीएलको राउन्ड रोबिन लिगमा खेलाउन पर्याप्त भएन । भारतका हस्तीहरू सुनिल गावस्कर, क्रिस श्रीकान्त, सन्जय मान्जेरकर सबैले सुरुआतदेखि सन्दीपले पहिलो रोजाइमा खेल्ने भनेर लख काटिरहेका थिए ।

    आईपीएल फ्रेन्चाइज क्रिकेटको विश्वकप हो, जहाँ विदेशी खेलाडीका लागि निकै कठिन हुन्छ । सन्दीपको हकमा पनि यस्तै भयो । टोलीमा समावेश ८ विदेशी खेलाडीमा चारले मात्र प्लेइङ ११ मा खेल्न पाउँछन् । सन्दीपले यसपटक पाउँदै पाएनन् । दिल्लीले ४ विदेशी खेलाडीमा कागिसो राबाडा, एनरिक नोकिआ, मार्कस स्टोइनिस र सिमरन हेटमायरमै बढी विश्वास देखायो ।

    खेलाडी घाइते हुँदा होस् वा रणनीतिक हिसाबमा प्रशिक्षक रिकी पोन्टिङको नजरमा डानियल साम्स, एलेक्स क्यारीले विदेशी खेलाडीको कोटामा केही खेलमा मौका पाए । राबाडा र स्टोइनिसले राउन्ड रोबिनका सबै १४ खेल खेले । नोकिआले १३ र हेटमायरले १० खेल खेले । क्यारीको भागमा ३, साम्सको भागमा २ खेल पर्‍यो । भारतीय विकेटकिपर ऋषभ पन्त घाइते भएको समयमा अस्ट्रेलियन खेलाडी क्यारीले मौका पाएका थिए । दिल्लीबाट मौका नपाउनेमा सन्दीप एक्लो खेलाडी होइनन् । वेस्ट इन्डिजका अलराउन्डर किमो पाउलले पनि एउटै खेलमा मौका पाएनन् । एक समय भारतको जर्सी लगाइसकेका मोहित शर्मा पनि सन्दीपसँगै डगआउटमै खुम्चिए ।

    दिल्लीको टोलीमा स्तरीय खेलाडीको कुनै अभाव थिएन । अझ स्पिनमा अनुभवी खेलाडीको ओइरो नै थियो । रविचन्द्रन अश्विन, अमित मिश्रा र अक्षर पटेल गरी तीन स्तरीय त्यसै थिए । पोन्टिङले एकै पटक तीन स्पिनर कहिल्यै खेलाएनन् । अस्ट्रेलियाका पूर्व कप्तानको यो रणनीतिअनुसार सन्दीपको पालो आउने त कुरै भएन । 

    अश्विन पहिलो खेलमै घाइते हुँदा पोन्टिङले मिश्रा र पटेललाई खेलाए । मिश्रा घाइते भई प्रतियोगिताबाटै बाहिरिँदा अश्विन र पटेलप्रति विश्वस्त देखिए । मिश्राले खेल्न नसक्ने भएपछि सन्दीप सम्भावना फेरि एक पटक उर्लेर आएको थियो । किनभने मिश्रापछि दिल्लीको टोलीमा सन्दीप एक्लो लेग स्पिनर थिए । मिश्राको स्थानमा ल्याइएका अर्का लेग स्पिनर प्रविण दुबेले बरु एक खेलमा मौका पाए, तर सन्दीपको पालो आएन ।

    आईपीएलले आधा यात्रा तय गर्दा दिल्लीले सन्दीपलाई ‘मिड सिजन ट्रान्सफर’ सूचीमा पनि राखेको थियो । सम्भवतः सन्दीपलाई अन्य फ्रेन्चाइज टोलीबाट प्रस्ताव पनि आएन वा दिल्लीले सन्दीपलाई छाडेन । सन् २०१८ को अक्सनअनुरुप सन्दीपको दिल्लीसँगको तीनवर्षे सम्झौतामा यो अन्तिम वर्ष हो । तर कोरोनाका कारण यो वर्ष अर्को अक्सन हुने छैन र मार्च/अप्रिलमा हुने भनिएको अर्को संस्करणको आईपीएलमा सन्दीपले दिल्लीबाटै खेल्नुपर्ने हुन्छ ।

    कोभिड–१९ को महामारीका कारण भारतबाट आइपीएल यूएई सारिएको थियो । दिल्लीको टोलीमा यूएईको भूमि सम्भवतः सन्दीपले सबैभन्दा राम्रोसँग बुझेका थिए । सन्दीपले यूएईमा एकदिवसीय अन्तर्राष्ट्रिय, ट्वान्टी–२० अन्तर्राष्ट्रिय, अफगान प्रिमियर लिगदेखि टी–१० लिग सबै यूएईमा खेलेका थिए । जबकि धेरै भारतीय र विदेशी खेलाडीका लागि यो भूमि बिरानो जस्तै थियो । ब्याटिङ र केही हदसम्म फिल्डिङमा सन्दीप कमजोर थिए । सम्भवतः दिल्लीले सन्दीपको यही कमजोर पक्ष खोतलिरह्यो, मुख्य हतियार उनको बलिङलाई विशेष देखेन ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २७ गतेको राशिफल

    आज मंसिर २७, २०८२ (डिसेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न कति जनाले निःशुल्क सेवा लिए

    कुवेत– कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ७५० जनाको लक्ष्य भए पनि २०० जनाले...

    निःशुल्क स्वास्थ्य क्याम्पमा हिमालयन रेस्टुरेन्ट हाउसको सहयोग

    कुवेत – कुवेतमा नेपाली समुदायबीच लोकप्रिय हुँदै गएको हिमालयन हाउस ले प्रशंसनीय सामाजिक उत्तरदायित्व प्रदर्शन...

    रास्वपा कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस

    कुवेत – कुवेतस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभागले वरिष्ठ सल्लाहकार रजु कार्कीलाई १० प्रतिशत...

    दुधौरा पुल पुसभित्र सकिने तयारी, सडक निर्माणमा भने ढिलाइ कायम

    काठमाडौं, मंसिर २६ – पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डमा परेका बाराको दुधौरा पुल निर्माण अन्ततः पुस महिनाभित्र...