News Portal

कोरोना भाइरस: भारतले नेपालसँगको सबै नाका खोलेपछि ‘बढाइयो सुरक्षाकर्मी’

हिमालीसंचार संवाददाता
४०९ पटक

भारत सरकारले कोरोनाभाइरस महामारीका कारण सात महिनादेखि बन्द नेपालसँगको सबै सिमाना  भारतीय पक्षबाट खुला गरेपछि नेपाली सुरक्षाकर्मीको हैरानी थपिएको छ।

वीरगञ्जस्थित सीमा नाकाबाट नेपाल आउन खोज्नेहरूलाई रोक्दा तनाव समेत उत्पन्न भइरहेको छ। वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका मिडिया कोअर्डिनेटर सुरेश कुमारले भारतीय गृह मन्त्रालयले औपचारिक रूपमै अक्टोबर २२ अर्थात् कार्तिक छ गतेदेखि नाका खुला गरेको जानकारी दिए। बिहारमा भइरहेको चरणबद्ध चुनावका क्रममा भने दुई दिन सिमाना बन्द गर्ने गरिएको छ।

नेपालले खोलेको छैन’

पर्साका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ्ले भारतले सिमाना खुला गरिदिएपछि ‘अन्य समयको तुलनामा हालको अवस्था फरक भएपछि थप सुरक्षाकर्मी तैनाथ गर्नुपरेको’ बताए।आवत जावत गर्नैपर्ने बाध्यतापूर्ण अवस्थाका मानिसहरूको निम्ति सरकारको मापदण्ड अनुसार प्रक्रियागत सहजिकरण गरिदिने गरेको उनले सुनाए।

लकडाउनका कारण नेपाल-भारत सीमावर्ती क्षेत्रमा यसकारण छ ‘बढी प्रभाव’ लकडाउनले नेपाल-भारत सीमामा दुई देशकै नागरिकको ‘बिचल्ली’ तामाङ् भन्छन्, “तर बाँकी कामको लागि जान आउन अनुमति छैन। चाडपर्व भएकाले सामान किनमेल गर्न आवत जावत गर्न खोज्छन्, त्यसबेला मानिसहरूलाई रोक्न अलि असहज हुने गरेको छ।”

कोरोनाभाइरसको सङ्क्रमण दर घटेको देखिए पनि भारत विश्वमै सबैभन्दा धेरै मानिस सङ्क्रमित भएको दोस्रो देश हो। गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भारतसँगको सिमाना नाका बन्द रहेको उल्लेख गर्दै नेपाली बाहेक अन्य देशका नागरिक आउन नपाउने बताए।

दुख किन दिनु?

नेपाल सरकारले सिमाना अझै बन्द नै राखे पनि पर्सा जिल्लास्थित शङ्कराचार्य गेट, अलौँ, जानकी टोला, भिश्वा, विजयबस्ती, ठोरी, महादेवपट्टी, पाण्डेपुर, भगाहा, बलिरामपुर लगायतका सिमा नाकाहरुबाट मानिसहरूको ओहोरदोहोर हुने गरेको स्थानीय बासिन्दा बताउँछन्। भारतबाट नेपालतर्फ आउँदै गरेकी एक महिलाको अनुभवमा भारतीय भन्सारमा कसैले रोक्दैन, तर नेपालतर्फ रोकिन्छ।

उनले भनिन्, “तर जसरी पनि मानिसहरू आउने जाने गरिरहेका छन्। त्यसैले मुख्य नाकाहरूबाट सजिलै आउन दिए भैहाल्थ्यो, किन दुख दिनु?” भारत फर्किरहेकी एक महिलाले भान्जाको छोराको मृत्यु भएकाले आफन्त भेट्न नेपाल आएको सुनाइन्। उनी भन्छिन्, “आउने जाने चलिरहेकै त छ।”

लामो समयसम्म सीमानाका बन्द हुँदा पछिल्ला महिना भने दुवैतर्फ विभिन्न सामानहरू तस्करी हुने गरेको समाचार आउने गरेका छन्।‘तस्करी रोक्न खोल्नुपर्ने’ सरकार र व्यवसायीलाई नै त्यसले ठूलो घाटा पुग्ने भन्दै सुरक्षित मापदण्ड अपनाएर नाका खोल्नु पर्ने सुझाव जानकारहरू दिन्छन्। हजारौँ नेपाली भारतबाट स्वदेश फर्कने क्रम जारी ‘जेलजस्तो’ क्वारन्टीनको बसाइ ‘एक दिन काट्न एक वर्ष काटेजस्तो भयो’

अर्थविद् इन्दुशेखर मिश्राले भने, “जुन सरसामानहरू भन्सार तिरेर आउँथ्यो नाका बन्द गरिएपछि कतिपय साना व्यापारीको निम्ति अवैधबाटोबाट ल्याउनु पर्ने बाध्यता आइलागेको पनि सुनिन्छ। त्यसैले भारतले खोल्ने निर्णय गर्दा नेपालले पनि सँगै खोल्नु पर्ने थियो।”

प्रमुख नाकाहरूमा सुरक्षा कडाइ गरिए पनि चाडपर्वको मुखमा सीमावर्ती भारतीय बजारमा नेपालीहरूको किनमेल बाक्लिएको बताइन्छ। जानकारहरूका अनुसार काम लगायत व्यवसायका निम्ति भारतीयहरू पनि लुकीछिपी नेपाल आउने क्रम रोकिएको छैन।

एकातर्फ मानिसहरू व्यापक रूपमा सङ्क्रमित भएको प्रदेश २ मा फेरि सङ्क्रमण बढ्ने चिन्ताले सिमानामा कडाइ आवश्यक रहेको तर्क गरिन्छ। अर्कोतर्फ वारिपारिका बसिन्दाबीच रहेको नाता-सम्बन्ध अनि उनीहरूको रोजगारी र व्यापार-व्यवसाय एक अर्काको देशमा पनि रहेका कारण सिमाना सहज बनाइनु पर्ने धारणा पनि पाइन्छ। बीबीसीले लेखेको छ।

प्रतिकृया दिनुहोस्

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...

आज २०८२ साल चैत ५ गतेको राशिफल

आज चैत ५, २०८२ ( मार्च १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...