आज : २०२६-०६-१३, शनिबार

विक्रम बरालको “दुईतले फलामको खाटैमा…” सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ – नेपाल आइडल सिजन-२ का प्रतिस्पर्धी विक्रम बरालले “दुइतले फलामको खाटैमा…! गीत सुरज विश्वकर्मा युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन्।

सार्वजनिक गीतका संगीत सुरज विश्वकर्माले गरेका हुन भने यस गीतका शब्द रचना समेत सुरज विश्वकर्माले लेखेका हुन्। विगत लामो समयदेखि प्रदेशी भूमि मकाउलाई कर्मथलो बनाएका संगीतकार तथा गीतकार विश्वकर्माले मकाउका विभिन्न स्थानमा छायांकन गरिएको छ।

क्रेजी स्टुडियो पोखरामा रेकडिङ गरिएको गीतका एरेन्ज मिक्सिंग विवश खातीले गरेका हुन्। बाँसुरी सुदीप ग्यायक र सारंगी विशाल ग्यायक स्टुडियो लिप्सिङ छायांकन सुरजले गरेका हुन्। 

 म्युजिक भिडियो यहाँ हेर्नुस्