News Portal

पूर्वेली लोकगीत “ताप्लेजुङको पाथिभरा…” गायक केशव राई सर्वोत्कृष्ट घोषित (भिडियो सहित)

हिमालीसंचार संवाददाता
९३५ पटक

काठमाण्डौ – नेपाली गीत संगीतमा लामो समयदेखि सक्रिय गायक केशव राई नेपाली आर्ट कल्चर एण्ड म्युजिक अवार्ड २०७७ सर्वोत्कृष्ट पूर्वेली लोक गायकतर्फ गायक केशव राई सर्वोत्कृष्ट धोषित भएको छ। यस लोकगीतमा संगीत र शब्द रचना राजु आङ्देबेको रचना रहेको लोकगीतमा गायिका जुनी खालिङ राईले साथ दिएकी छिन् ।

विगत लामो समयदेखि प्रदेशी भूमि मकाउमा रहेर पनि निरन्तर नेपाली गीतसंगीतलाई नया नया कोशेली प्रदान गरिरहेका गायाक राईले नेपाली गीतसंगीत क्षेत्रमा लागेका नया पुस्तालाई समेत हौसला प्रदान गर्दै आएका छन् । गायक राईले सांगीतिक यात्रामा भेटिएका जानेको अनुभव र सकेको सहयोग समेत गर्दै आएका छन्। 

नेपाली गीतसंगीत, माटोप्रतिको मायालाई गाउदै आफनो गायिकी माध्यमबाट आमदर्शक तथा स्रोता माझँमा आफनो परिचय दिदै आइरहेका गायक राईको विशिष्ट कला रहेको छ। गायक राई यस बर्षको अवार्डको विजेता भएपछि आफुलाई अवार्डले अझ नेपाली गीतसंगीतमा थप हौषला, अझ चुनौती थपिएको हिमाली संचारसंगको अन्तर समंवादमा बताए। 

गायक राईले यो विशेष महत्वका अवार्ड दिलाउनको लागि सहयोग गर्नु हुने भगवानरुपी आमदर्शक तथा स्रोताहरुलाई हृदयदेखि नै आभार ब्याक्त गरेका छन्। यो महामारीवीच आयोजकले कलाकारको सम्मान स्वरुप नतीजा सार्वजनिक गर्न ठुलो चुनौती रहेता पनि आयोजक सफल भएको गायक राईको उक्ति रहेको छ।

अवार्ड विजेता भएका गायक राईले नेपाली मौलिक गीतसंगीतको आकासमा थप चुनौती साथै जिम्मेवारी थपिएको महसूस भएको गायक राईले बताए। यो सम्मान संगै नेपाली सागीतिक आकासमा आफ्नो कोशिश रहने समेत बताएका छन् । 

म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...