News Portal

“गाउघरको याद बोकी” पुर्वेली गीत सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
८१५ पटक

काठमाण्डौ – पुर्वाञ्चल धनकुटाकी उदीयमान गायिका जुनी खालिङ राई र चर्चित गायक तथा संगीतकार कृष्ण भक्त राईको आवाजमा रहेको “गाउघरको याद बोकी” लोक भाकामा आधारित पुर्वेली गीत जुनी खालिङ राई अफिसियल युटुव च्यानल मार्फत आज सार्वजनिक गरेकी छन्।

सार्वजनिक लोकभाका “गाउघरको याद बोकी” गीतकार बसन्त लिम्बु (शम्भु) ले नेपाली समाजका बास्तविता उजागर गरेका छन्। गरिबका कारण पारिवारिक अवस्था मजबुद बनाउन बाध्यताले विदेशी भूमीमा श्रम गर्न पुगेका आफ्नो प्यारा, धरमा एकलै कठिन जीवन बिताउन बाध्य रहेकी आफ्ना मायालुको विषयमा समग्र नेपाली समाजका बास्तविकता उजागर गरेका छन्।

सार्वजनिक गीतको संगीत चर्चित संगीतकार कृष्ण कुमार राईले गरेका हुन् । गायक जुनी खालिङ राईले हरेक गीतमा आफ्नोपना दिने गरेकी हुन्छिन। गायक तथा संगीतकार कृष्ण भक्त राईको आवाज भन्ने वित्तिकै पुर्वाञ्चल परिचित छन्। पछिल्लो समय राम्रो ऐरेन्ज समेत गरिरहेका गायक राईले यस गीतको ऐरेन्ज पनि स्वय गायक राईले नै गरेका हुन्।

सार्वजनिक गीत सेवा रेकर्डिङ स्टुडियो, अनामनगर काठमाण्डौ र पुर्वाञ्चल रेकर्डिङ स्टुडियो इटहरीमा गरिएको गीतको मिक्सिंग, मास्टरिङ काठमाण्डौ स्थित मुस्कान मुकारुङले गरेका हुन् । यस म्युजिक भिडियोको छायांकन राज बान्तावा राईले गरेका हुन् भने प्राविधिक पक्षको संयोजन इडिटिङ जीवन मुकारुङले गरेका हुन्। 

म्युजिक भिडियो यहाँ हेर्नुस्:

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...