News Portal

“गाउघरको याद बोकी” पुर्वेली गीत सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
८६१ पटक

काठमाण्डौ – पुर्वाञ्चल धनकुटाकी उदीयमान गायिका जुनी खालिङ राई र चर्चित गायक तथा संगीतकार कृष्ण भक्त राईको आवाजमा रहेको “गाउघरको याद बोकी” लोक भाकामा आधारित पुर्वेली गीत जुनी खालिङ राई अफिसियल युटुव च्यानल मार्फत आज सार्वजनिक गरेकी छन्।

सार्वजनिक लोकभाका “गाउघरको याद बोकी” गीतकार बसन्त लिम्बु (शम्भु) ले नेपाली समाजका बास्तविता उजागर गरेका छन्। गरिबका कारण पारिवारिक अवस्था मजबुद बनाउन बाध्यताले विदेशी भूमीमा श्रम गर्न पुगेका आफ्नो प्यारा, धरमा एकलै कठिन जीवन बिताउन बाध्य रहेकी आफ्ना मायालुको विषयमा समग्र नेपाली समाजका बास्तविकता उजागर गरेका छन्।

सार्वजनिक गीतको संगीत चर्चित संगीतकार कृष्ण कुमार राईले गरेका हुन् । गायक जुनी खालिङ राईले हरेक गीतमा आफ्नोपना दिने गरेकी हुन्छिन। गायक तथा संगीतकार कृष्ण भक्त राईको आवाज भन्ने वित्तिकै पुर्वाञ्चल परिचित छन्। पछिल्लो समय राम्रो ऐरेन्ज समेत गरिरहेका गायक राईले यस गीतको ऐरेन्ज पनि स्वय गायक राईले नै गरेका हुन्।

सार्वजनिक गीत सेवा रेकर्डिङ स्टुडियो, अनामनगर काठमाण्डौ र पुर्वाञ्चल रेकर्डिङ स्टुडियो इटहरीमा गरिएको गीतको मिक्सिंग, मास्टरिङ काठमाण्डौ स्थित मुस्कान मुकारुङले गरेका हुन् । यस म्युजिक भिडियोको छायांकन राज बान्तावा राईले गरेका हुन् भने प्राविधिक पक्षको संयोजन इडिटिङ जीवन मुकारुङले गरेका हुन्। 

म्युजिक भिडियो यहाँ हेर्नुस्:

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...