News Portal

लमजुङको अर्खलेबेंसी–स्याँगेमा बाढीपहिरो

पहिरोले २ जना, आधादर्जन घर र बाख्रा बगायो

हिमाली संचार संवाददाता
१२२० पटक

लमजुङको  – मर्स्याङ्दी गाउँपालिका ३, अर्खलेबेंसीसमा बुधबार दिउँसो बाढीसहित पहिरो जाँदा २ जना सम्पर्क बीहिन भएका स्थानीयले बताएका छन् ।

स्थानीय वृद्धा ललितमाया गुरुङ र जगत गाउँबाट आएका एकजना वृद्धलाई पहिरोले बगाएको स्थानीय जगत गुरुङले बताए। उनका अनुसार जगत गाउँबाट आएका वृद्धको नाम खुल्न नसकेको उनले बताए। अर्खलेबेंसीमा रहेका ४ वटा घरमध्ये ३ वटा बगाएको उनले बताए।

उनका अनुसार वरपरको खोला बढेर ती घरमा जान नसकिएको र आफ्नी आमा समेत खुट्टा भाँचिएर घाइते अवस्थामा रहेको उनले बताए। भारी वर्षाका कारण बेंसीसहर–चामे सडकको अर्खलेबेंसी, काप्रेभीर, रामबजार, स्याँगे लगायत क्षेत्रमा पहिरो जाँदा करीब आधा दर्जन घर बगाउनुका साथै बीचबीचमा पर्यटक तथा स्थानीय अलपत्र परेको स्थानीयको भनाई छ।

मर्स्याङ्दी गाउँपालिका४ का अध्यक्ष सुमन गुरुङका अनुसार राबजारमा २ वटा घर बाढीले बगाएको छ। एउटा ट्रयाक्टर र मोटरसाइकल समेत बगाएको उनले बताए। यस्तै, स्याँगेमा १० वटा बढी बाख्रा पहिरोले बगाएको उनले बताए। मर्स्याङ्दी गाउँपालिका ६, बाहुनडाँडामा ३ वटा घर पहिरोले बगाएको स्थानीयले बताएका छन्।

बेंसीसहरबाट मनाङको चामे जाँदै गरेको अवस्थामा बाढी र पहिरोले अलपत्र परेका चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेका अनुसार ठाउँठाउँमा बाढी र पहिरोले चक्रीय पदमार्ग घुम्न गएका पर्यटक समेत बाढी र पहिरोले अलपत्र परेका छन्। दायाँबायाँ बाढी र पहिरो चलेपछि उनीहरु बीचमै रोकिएका छन्। काप्रेभीरमा एउटा जीप पहिरोले पुरेको जानकारीमा आएको घटनास्थलमा रहेका उनले बताए। उनी बेंसीसहरबाट मनाङको चामे जाँदै थिए।

मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले खुदी र मर्स्याङ्दीमा अस्वभाविक रुपमा पानीको बहाव बढेको छ। ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ ले ड्यामको ३ वटै ढोका खोलेको स्थानीयले बताएका छन्। प्रमुख जिल्ला अधिकारी झंकनाथ थकालले एक्कासी आएको बाढीले उत्तरी लमजुङको विभिन्न ठाउँमा बाढी पहिरो भएको र केही मानिस हाताहात भएको खबर आएकोले प्रहरी परिचालन गरिएको बताए।

प्रतिकृया दिनुहोस्

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...