News Portal

नेवि संघ र तरुण दलले वीपीका उपकुलपतिको कार्यकक्षमा लगाए ताला

हिमाली संचार संवाददाता
३५९ पटक
२०७७ साउन २७, मंगलवार

दिलीप राई, धरान । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हाताभित्र निर्माण भएको कोभिड–१९ अस्पताल उद्घाटन गरेको तीन महिना सम्म पनि सञ्चालनमा नआएपछि नेविसंघ र तरुण दल धरानले वीपीका उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

नेपाली कांग्रेसको भातृ संगठन नेवि संघ र तरुण दल धरानले कोरोना संक्रमितको संख्या दिनदिनै बढीरहेको र उनीहरुलाई अस्पतालमा बेड अभावका कारण उपचारमा समस्या भएको भन्दै वापीको कोभिड अस्पताल तत्काल सञ्चालनमा ल्याउन माग गर्दै लगाएको ताला अहिले प्रहरीले खोलेका छन् ।

धरानको वीपी हाता भित्रको तीन महिना अघि तामाझामका साथ उद्घाटन भएको अस्पताल अझै सञ्चालनमा नआउँदा कोरोना संक्रमितले बेलैमा उपचार गर्न अस्पताल जान पाएका छैन । कोभिड–१९ अस्पताललाई प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका थिए । उद्घाटनको समयमा अस्पतालमा आइसियु, अप्रेसन कक्ष तथा कोरोना संक्रमितलाई छुट्टै केयर गर्नेगरी सञ्चालनमा ल्याईने भनिएको अस्पताल अझैसम्म संचालनमा आएको छैन।

प्रदेश सरकारको सहकार्यमा वीपीमा उद्घाटन गरिएको कोभिड–१९ अस्पताल तीन महिना वितिसक्दा समेत सञ्चालनमा नआएको भन्दै नेविसंध र तरुण दल धरानले विरोध गर्दै उपकुलपतीको कार्यकक्षमा तालाबन्दी गरेका हुन । विरोध स्वरूप लगाएको ताला प्रहरीले फुटाइदिएपछि अब आन्दोलनको कार्यक्रम कसरी अघि बढाउने भन्ने सन्दर्भमा बैठक बस्न लागिरहेको तरुण दल धरानका अध्यक्ष हिमाल श्रेष्ठले बताएका छन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...