News Portal

जुनी खालिङ राईको “कस्तो माया …’ म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित)

हिमाली संचार संवाददाता
१४६८ पटक
२०७७ आषाढ २९, सोमवार

काठमाण्डौ । गायिका जुनी खालिङ राईको “कस्तो माया..! गीतको म्युजिक भिडियो गायिका जुनी खालिङ राई अफिलियल युटुब च्यानलबाट आज सार्वजनिक गरेकी छिन् । गीतकार शुक्र खिम्बुले राईले रचना गरेका गीत गायिका जुनी खालिङ राई र गायक कृष्ण कुमार राईको आवाज रहेको “कस्तो माया…!” म्युजिक भिडियो आज सार्वजनिक गरेकी गायिका राईले हिमाली संचार संग बताएकी हुन्।

पुर्वाञ्चल धनकुटाकी चर्चित गायिका जुनी खालिङ राईले “कस्तो होला मनको राजा, काफल पाक्दा, कुन्नी को को आउन थाल्यो…” जस्तो दर्जनौ गीतमा आवाज दिएकी गायिका खालिङ राईले “धान रोप्नु बर्खे झरीमा, धनकुटा बजार…” जस्ता अन्य नया गीतको तयारी समेत रहेको जानकारी दिएकी छिन् । 

गायिका जुनी खालिङ राई र गायक कृष्ण कुमार राईको आवाजमा रहेको “कस्तो माया…!” कृष्ण भक्त राईले एरेन्ज गरेका हुन्, भने संगीत स्वयम् गायक कृष्ण कुमार राईले संगीत भरेका छन् । यस म्युजिक भिडियोको प्राविधिक पक्ष रोजी राईले हेरेकी छिन् । पुर्वाञ्चल रेकर्डिङ स्टुडियो इटहरीमा रेकर्ड गरिएको गीतको मिक्सिङ मुस्कान मुकारुङ, सेवा रेकडिङ स्टुडियो अनामनगर काठमाण्डौमा गरिएको हो। लकडाउनका समयमा छायांकन गरिएको म्यजिक भिडियोमा, प्राविधिक पक्षको राम्रो संयोजन गरिएको छ । यस म्युजिक भिडियोमा गायिका जुनी खालिङ राई, गायक कृष्ण कुमार राई स्वयम् कलाकार रुपमा समेत, यस म्युजिक भिडियोमा देख्न सकिन्छ । 

भिडियो यहाँ हेर्नुस

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...