News Portal

कांग्रेस महिला सांसद रेग्मीद्वारा तिजको ऋषिपञ्चमीमा सार्वजनिक विदा दिन सरकारसग माग

हिमाली संचार संवाददाता
७०३ पटक

काठमाडौं – नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले हिन्दु नेपाली महिलाहरुको चाड तीजको ऋषिपञ्चमीमा सार्वजनिक विदा दिन माग गरेकी छन् ।

बिहीबारको संसद बैठकमा उनले यसअघि सार्वजनिक विदा भए पनि सरकारले कटौती गरेको भन्दै पुन विदा दिन माग गरेकी हुन् ।

‘महिलाले भोकै बसेर बडो आस्थाका साथ विश्वासका साथ शिवजीको पूजा गर्ने गर्छन् । दिनभरी शिवजीको पूजा हुन्छ’ उनले भनिन् ‘यसअघि ऋषिपञ्चमीको दिन विदा हुन्थ्यो । अहिले सरकारले महिलाको आस्थाको पर्व दिनको विदा कटौती गरेको छ । आम महिलाहरुको माग छ, ऋषिपञ्चमीको विदा नकटाइयोस्’ सांसद रेग्मीले भनिन् ।

सांसद रेग्मीले तीजको बेलामा सरकारले मूल्यवृद्धि गरेर तीज मान्नै नसक्ने बनाएको पनि आरोप लगाइन् । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तले न्याय नपाउने गन्ध पाइसकेको पनि रेग्मीले दावी गरिन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...