News Portal

डा. केसीको मागमा अनौपचारिक सहमति : नेम्वाङ

७०९ पटक
काठमाडौं – अनसनरत डा. गोविन्द केसीको माग संबोधन गर्ने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा अनौपचारिक सहमति भएको दावी गरिएको छ ।

छलफलमा केसीको मागको विषयमा अनौपचारिक रुपमा सहमति भएको नेम्वाङले बताएका छन् ।केसी र सरकारबीच सहजीकरण गरिरहेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, केदारभक्त माथेमा, मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बास्कोटा, त्रिवि शिक्षण अस्पतालकी डा. दिव्यासिंह शाहसहितको टोली र प्रधानमन्त्रीबीच केसीको मागको विषयमा बुधबार छलफल भएको थियो ।

बुधबार उक्त टोलीसँगको छलफलका क्रममा ओलीले चिकित्सा शिक्षाको विषयमा डा. केसी र आफ्नो समान मत भए पनि उनको मागमा राजनीति भइरहेको जिकिर गरे । उनले डा. केसीको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गर्नुका साथै र मंगलबार डा. केसी पक्ष र सरकारबीचको वार्ताबारे जानकारी लिएका थिए ।

छलफलमा सहभागी नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले डा. गोविन्द केसीको मागका विषयमा चरणवद्ध छलफलपछि करिब सहमति नजिक पुगेको बताए ।

यद्यपि सहमतिका विषय भने सार्वजनिक गरिएको छैन । ‘धेरै विषयमा सकारात्मक छ, पछि हट्ने अवस्था छैन । सहमति लगभग भएको छ । भत्काउने प्रयास भए पनि यो विषय टुंगोमा पुर्‍याउनुपर्छ भनेर प्रधानमन्त्री सकारात्मक रुपमा लाग्नुभएको छ ।’

नेम्वाङले संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक फिर्ता नहुने तर डा. केसीको वार्ता टोलीले मंगलबार दिएको लिखित सुझावहरु समेट्ने बताएका छन् । बुधबार केसी र सरकारी वार्ता टोलीबीच शिक्षा मन्त्रालयमा वार्ता हुँदैछ ।

अनलाइनखबर

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...