News Portal

  • सांसद गिरीलाई पार्टीले कारबाही गर्ने चेतावनी

    हिमाली संचार संवाददाता
    ५२३ पटक
    २०७७ जेठ २८, बुधवार

    काठमाण्डौ – समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले प्रस्ततु गरेको संविधान संशोधन विधेयकको दफा २ खारेज गर्न संशोधन प्रस्ताव दर्ता गराएकी छिन्। समाजवादी पार्टीले संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ। पार्टीले प्रस्ताव फिर्ता नलिएमा कारबाही गर्ने चेतावनी दिएको छ।

    सांसद गिरीले बुधबार नेपालको संविधान “दोस्रो संशोधन” विधेयक, २०७७ माथि संशोधन प्रस्ताव दर्ता गराएकी हुन्। संघीय संसद सचिवालयमा दर्ता गराएको सांसद गिरीको संशोधन प्रस्तावमा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छाप संशोधन गरेर नेपालको अद्याविधक नक्साअनुसारको नक्सा राख्ने बुँदा हटाउनुपर्ने माग रहेको छ।

    प्रतिनिधिसभा विधेयक शाखाका प्रमुख नारायण ढकालका अनुसार गिरीले बुधबार दिउँसो उक्त संशोधन प्रस्ताव दर्ता गराएकी हुन्।  गिरीको संविधान संशोधन प्रस्तावले संविधान संशोधन गलत हो भन्ने माग गरेको ढकालले बताए।

    पार्टी भित्र सल्लाह नगरी, संसदीय दलको निर्देशन बिना संशोधन दर्ता गराएकी हुनाले उनको पार्टीले सांसद गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको हो। संविधान संशोधन प्रस्तावको समर्थन गरेको समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरियाले संविधान संशोधन विधेयकमाथि दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता नलिए पार्टीले कारबाही गर्ने चेतावनी दिएका छन्।

    सांसद गिरी समानुपातिक सांसद हुन्। उनले पछिल्लो समय सीमाको विषयलाई लिएर विवादित अभिव्यक्ति समेत दिएकी छिन्। सांसद बैठकमा गिरीले भारतलाई नसोधी नेपालले नक्सा जारी गरेकाले त्यसको औचित्य नभएको एवंम् नेपालले आफ्नो कूटनीतिक शक्तिको आँकलन गरेर अगाडि बढ्नुपर्ने भन्दै विवादित बयान समेत दिएकी थिइन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रहरीबाट खोसिएका हतियार सेनाको जिम्मा

    काठमाडौं, भदौ २५ – मंगलबारको आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हतियार, नगद र सञ्चार सामग्री नेपाली...

    आज २०८२ साल भदौ २५ गतेको राशिफल

    आज भदौ २५, २०८२ (सेप्टेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    प्रदर्शनकारीले रवि लामिछानेलाई नख्खु जेलबाट मुक्त गरे

    काठमाडौं, भदौ २४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार दिउँसो प्रदर्शनकारीहरूले...

    ओलीले राजनीतिक समाधानका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिए

    काठमाडौं, २४ भदौ २०८२ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हाल सिर्जना भएका असामान्य परिस्थितिलाई...

    प्रधानमन्त्री ओलीले राजीनामा दिए

    काठमाडौं, भदौ २४ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज पदबाट राजीनामा दिएका छन्। जेनजी समूहले...