News Portal

धरानको बुद्धचोकमा राखियो चिण्डोको प्रतिमा

हिमाली संचार संवाददाता
४३३ पटक
२०७७ जेठ २६, सोमवार

धरान – धरान १८ स्थित बुद्ध चोकमा चिण्डोको प्रतिमा राखिएको छ। कलाकार महेन्द्र राईले तयार गरेको चिण्डोको प्रतिमालाई बुद्ध चोकमा राखिएको हो। बुद्ध चोकमा राखिएको प्रतिमाको काम अझै बाँकी रहेको मुर्ति निर्माण संयोजक बिर्ष राईले बताएका छन।

संयोजक राईका अनुसार चिण्डो स्थापना भए पनि अझै धेरै  बाँकी काम रहेको छ। अव, ग्रिनाइट र प्लाष्टर कामहरु सबै बाँकी रहेको जानकारी दिएका हुन्।

कलाकार महेन्द्र राईले निर्माण गरेका चिण्डोको प्रतिमा करिब साढे ९ फिट आग्लो रहेको छ। प्रतिमाको ग्राउण्ड लेभलमा यसको बेस भने ५ फिट उचाईको भएकोले चिण्डोको कुल उचाई साढे १४ फिट पुग्न सक्ने कलाकार राईले बताएका छन्।

कलाकार राईका अनुसार चिण्डोको वरिपरी विभिन्न साँस्कृतिक आकृतिहरु हुनेछ। चिण्डोको प्रतिमा वडा कार्यालयको बजेट र स्थानीय सहयोगी दाताहरुको विशेष सहयोगमा निर्माण भएको हो।

चिण्डो किरात समुदायको महत्वपुर्ण साँस्कृतिक विशेष सामग्री हो।किरात समुदायमा राईहरुले जन्मदेखि मृत्युसम्मको महत्वपूर्ण सँस्कारमा चिण्डोको प्रयोग हुन्छ। चिण्डो मुन्धुमी धामीको विशेष हातियार पनि हो।

यसलाई राई समुदायमा पितृ, साकेला पुजा लगायदका विशेष पुजाहरुमा राईहरुले प्रयोग गर्ने गर्दछन। चिण्डोको प्रतिमा राखिएको बुद्ध चोकको नाम भने बुद्ध चोक नै रहने स्थानीय वडा कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...