News Portal

धरानमा लकडाउनको मोडालिटी परिवर्तन, चहलपहल भिडभाड बढेको छ

दिउँसो २ बजेसम्म बजार खुल्ने

हिमाली संचार संवाददाता
३५९ पटक
२०७७ जेठ २६, सोमवार

धरान । लकडाउनको मोडालिटी परिवर्तन गर्नुपर्ने माग बढ्दै गएपछि धरान उपमहानगरपालिका धरानले समय तालिका बनाएर बजार खोल्ने निर्णय गरेको छ ।  केही दिन अघि सुनसरी उद्योग वाणिज्य संघमा उपमहानगरपालिका व्यक्तिहरु सहित व्यवसायीहरुको छलफलमा लकडाउनको विषयमा अध्ययन गर्न समिति गठन भएको थियो । 

प्रमुख जिल्ला अधिकारी, वीपी प्रतिष्ठानका चिकित्सकहरु सहित प्रदेश तथा संघीय संसदहरुवीच भएको छलफलमा नगरपालिका उद्योग वाणिज्य संघबिच बैठक बसेर निर्णय लिएको थियो । सोही अनुसार बसेको बैठकले धरान नगरमा  २ सिफ्टमा बजार खुलाउने निर्णय गरेको छ । 

बैठकले तरकारी र खाद्यान्न पसल बिहान ६ बजेदेखि १० बजेसम्म खोल्न दिने निर्णय गरेको छ भने बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म अन्य पसलहरु खोल्न पाउनेछन् । तर, ब्युटीपार्लर, सैलुन, होटलहरु भने खोल्न नपाइने बैठकको निर्णय छ । खुलेका पसलहरुमा अनिवार्य सुरक्षा सतर्कता अपनाउनु पर्ने र सामाजिकदूरी कायम गर्नु पर्ने संघका अध्यक्ष गिरीधारी सापकोटाले बताएका छन् । 

प्रतिवेदन अनुसार ब्यूटी पार्लर तथा सैलुन, जिमहल, सिनेमाहल, होटल तथा लज, रेष्टुरेन्ट एण्ड बार, दोहोरी डान्स बार तथा ठेलामा राखि विक्री गरिने चटपटे, पानीपुरी तथा फाष्टफुडका सामग्रीहरु अर्काे निर्णय नहुन्जेलसम्मका लागि नखोलिने निर्णय भएको कार्यसमितिका सदस्य विष्णु बरालले बताए ।  बैठकले बैंक तथा वित्तीय संस्थाहरु प्रत्येक दिन नै खोल्ने निर्णय पनि गरेको छ भने टेम्पो, सफारीहरु सञ्चालन नगर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...