News Portal

बागलुङको उत्तरगंगा क्वारेन्टाईनमा सेना जवान युवतीसंग सल्किएपछी…

हिमाली संचार संवाददाता
१७७३ पटक
२०७७ जेठ २६ सोमबार

बागलुङ – बुर्तिवाङ स्थित उत्तरगंगा माविको क्वारेन्टाईनमा भारतबाट फर्किएरका ६ जना महिला सहित ४४ जना बसिरहेका छन्। क्वारेन्टाईनको सुरक्षाको जिम्मा सेनालाई दिईएको छ।

जिल्लाको पश्चिम व्यापारिक केन्द्र समेत रहेको बुर्तिवाङबजारस्थित उत्तरगंगा माविमा रहेको क्वारेन्टाइनमा गए राति १२ बजेको समयमा अति आपत्तिजनक घटना घट्न गएको बुर्तिवाङ बजारको घरघरमा चर्चा छ।

क्वारेन्टाईनमा बस्ने युवाहरुले क्वारेन्टाईनको अर्को कोठामा बस्ने एक युवती र एक जना सुरक्षाकर्मीलाई आपत्तीजनक अवस्थामा देखेपछी तत्कालै यसको जानकारी प्रहरी लगायत सरोकारवाला निकायलाई फोनबाट दिएपछी घटना छताछुल्ला भएको हो।

विहिबार विहान करिब ८ बजे ईलाका प्रहरी कार्यालयका प्रमुख, सुरक्षामा खटिएका नेपाल आर्मीका ईन्चार्ज लगायत अन्य केही विशेष व्यक्तिहरु बसी छलफल गरेपछि निज युवती र घटनामा संलग्न नेपाल आर्मीका ती जवान दुवैलाई सम्झाइएको बताइएको छ।

त्यसपछि मध्यरातको समयमा गलत हर्कत गर्न खोज्ने ती सुरक्षाकर्मीलाई विभागीय कार्वाही गर्ने टोलीका इन्चार्जले आश्वासन दिएको बताइएको छ। क्वारेन्टिनमा रहेकी युवतीसंग गएर भेटघाट गरेका कारण अहिले उनलाई आर्मीको छुट्टै क्वारेन्टिनमा राखिएको एक स्रोतले बताएको छ।

तमानखोला गाउँपालिकाकी ती युवती १२ दिन पहिले भारतको दार्जीलिङबाट आएर ढोरपाटन नगरपालिकाले निर्माण गरेको उत्तरगंगा माविको क्वारेन्टिनको ४ नम्बरको कोठामा बस्दै आएकी थिइन।

उक्त घटना घटेपछि उनलाई स्थानीय पालिकाको समन्वयमा तमनखोला गाउँपालिकाकै क्वारेन्टिनमा पठाइएको स्रोतले बताएको छ। आफ्नो डिउटी समेत अफ भएको समयमा मध्यरातमा क्वारेन्टिनभित्रै पसेर युवतीसंग मायाजालमा बाँधिन खोज्ने आर्मीका ती व्यक्तिलाई अब कुन विभागीय कार्वाहीले बाँध्ने हो ?

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाल आर्मीको एक टोली दुई महिना पहिले नै कोरोना जोखिमको न्यूनीकरण र सुरक्षाको लागि भन्दै बुर्तिबाङको उत्तरगंगा माविको विद्यालय भवनमा बस्दै आएको छ। अहिले उक्त क्वारेन्टिनमा ६ जना महिला सहित ४४ जना भारतबाट आएका व्यक्तिहरु क्वारेन्टिनमा बस्दै आएका छन्।

कोरोना संक्रमणको समयमा जनतालाई सहजीकरण गर्ने र थप सुरक्षा दिने भनेर खटिएका जिम्मेवार व्यक्तिबाट नै क्वारेन्टिनमा बसेकामाथि गरिने यस खालको हर्कतले स्थानीयबासी र क्वारेन्टिनमा बसेकाहरुले समेत असुरक्षाको महसुस गर्दै आएका छन्।

आफ्नो डिउटी समेत अफ भएको समयमा मध्यरातमा क्वारेन्टिनभित्रै पसेर युवतीसंग मायाजालमा बाँधिन खोज्ने आर्मीका ती व्यक्तिलाई अब कुन विभागीय कार्वाहीले बाँध्ने हो ? त्यो भने कसैलाई थाहा छैन। बरु घटनालाई नै गोप्य राख्ने प्रयास गरिएको देखिन्छ।

तर यो घटनाले बुर्तिबाङमा सुरक्षा चुनौती थपिएको र क्वारेन्टिनमा बस्ने कोरोनाका संभावित संक्रमितहरु समेत असुरक्षित रहने अवस्था आएकोमा यस घटनाले स्थानीयबासीलाई समेत चिन्तित बनाएको छ। ईबागलुङबाट

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...