News Portal

  • बागलुङको उत्तरगंगा क्वारेन्टाईनमा सेना जवान युवतीसंग सल्किएपछी…

    हिमाली संचार संवाददाता
    १६७१ पटक
    २०७७ जेठ २६ सोमबार

    बागलुङ – बुर्तिवाङ स्थित उत्तरगंगा माविको क्वारेन्टाईनमा भारतबाट फर्किएरका ६ जना महिला सहित ४४ जना बसिरहेका छन्। क्वारेन्टाईनको सुरक्षाको जिम्मा सेनालाई दिईएको छ।

    जिल्लाको पश्चिम व्यापारिक केन्द्र समेत रहेको बुर्तिवाङबजारस्थित उत्तरगंगा माविमा रहेको क्वारेन्टाइनमा गए राति १२ बजेको समयमा अति आपत्तिजनक घटना घट्न गएको बुर्तिवाङ बजारको घरघरमा चर्चा छ।

    क्वारेन्टाईनमा बस्ने युवाहरुले क्वारेन्टाईनको अर्को कोठामा बस्ने एक युवती र एक जना सुरक्षाकर्मीलाई आपत्तीजनक अवस्थामा देखेपछी तत्कालै यसको जानकारी प्रहरी लगायत सरोकारवाला निकायलाई फोनबाट दिएपछी घटना छताछुल्ला भएको हो।

    विहिबार विहान करिब ८ बजे ईलाका प्रहरी कार्यालयका प्रमुख, सुरक्षामा खटिएका नेपाल आर्मीका ईन्चार्ज लगायत अन्य केही विशेष व्यक्तिहरु बसी छलफल गरेपछि निज युवती र घटनामा संलग्न नेपाल आर्मीका ती जवान दुवैलाई सम्झाइएको बताइएको छ।

    त्यसपछि मध्यरातको समयमा गलत हर्कत गर्न खोज्ने ती सुरक्षाकर्मीलाई विभागीय कार्वाही गर्ने टोलीका इन्चार्जले आश्वासन दिएको बताइएको छ। क्वारेन्टिनमा रहेकी युवतीसंग गएर भेटघाट गरेका कारण अहिले उनलाई आर्मीको छुट्टै क्वारेन्टिनमा राखिएको एक स्रोतले बताएको छ।

    तमानखोला गाउँपालिकाकी ती युवती १२ दिन पहिले भारतको दार्जीलिङबाट आएर ढोरपाटन नगरपालिकाले निर्माण गरेको उत्तरगंगा माविको क्वारेन्टिनको ४ नम्बरको कोठामा बस्दै आएकी थिइन।

    उक्त घटना घटेपछि उनलाई स्थानीय पालिकाको समन्वयमा तमनखोला गाउँपालिकाकै क्वारेन्टिनमा पठाइएको स्रोतले बताएको छ। आफ्नो डिउटी समेत अफ भएको समयमा मध्यरातमा क्वारेन्टिनभित्रै पसेर युवतीसंग मायाजालमा बाँधिन खोज्ने आर्मीका ती व्यक्तिलाई अब कुन विभागीय कार्वाहीले बाँध्ने हो ?

    कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाल आर्मीको एक टोली दुई महिना पहिले नै कोरोना जोखिमको न्यूनीकरण र सुरक्षाको लागि भन्दै बुर्तिबाङको उत्तरगंगा माविको विद्यालय भवनमा बस्दै आएको छ। अहिले उक्त क्वारेन्टिनमा ६ जना महिला सहित ४४ जना भारतबाट आएका व्यक्तिहरु क्वारेन्टिनमा बस्दै आएका छन्।

    कोरोना संक्रमणको समयमा जनतालाई सहजीकरण गर्ने र थप सुरक्षा दिने भनेर खटिएका जिम्मेवार व्यक्तिबाट नै क्वारेन्टिनमा बसेकामाथि गरिने यस खालको हर्कतले स्थानीयबासी र क्वारेन्टिनमा बसेकाहरुले समेत असुरक्षाको महसुस गर्दै आएका छन्।

    आफ्नो डिउटी समेत अफ भएको समयमा मध्यरातमा क्वारेन्टिनभित्रै पसेर युवतीसंग मायाजालमा बाँधिन खोज्ने आर्मीका ती व्यक्तिलाई अब कुन विभागीय कार्वाहीले बाँध्ने हो ? त्यो भने कसैलाई थाहा छैन। बरु घटनालाई नै गोप्य राख्ने प्रयास गरिएको देखिन्छ।

    तर यो घटनाले बुर्तिबाङमा सुरक्षा चुनौती थपिएको र क्वारेन्टिनमा बस्ने कोरोनाका संभावित संक्रमितहरु समेत असुरक्षित रहने अवस्था आएकोमा यस घटनाले स्थानीयबासीलाई समेत चिन्तित बनाएको छ। ईबागलुङबाट

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार ३० गतेको राशिफल

    आज असार ३०, २०८२ (जुलाई १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    प्रधानमन्त्री ओलीको घोषणा : आगामी १५ वर्षभित्र नेपालबाट गरिबी हटाइने

    झापा, असार २९  – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १५ वर्षभित्र नेपाललाई गरिबीमुक्त राष्ट्र बनाउने...

    फुस्रेखोलामा पौडी खेल्दा डुबेर युवकको मृत्यु

    पोखरा, असार २९  — पोखरा महानगरपालिका वडा नम्बर १७ पावरहाउसस्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर...

    दक्षिण भारतीय सिनेमाका खलनायक कोटा श्रीनिवास अब रहेनन्

    हैदराबाद, असार २९ – दक्षिण भारतीय सिनेमामा आफ्नो दमदार अभिनयले छुट्टै पहिचान बनाएका बहुप्रतिभाशाली अभिनेता...

    स्पेन भिजिट भिसा प्रकरणमा संसदीय छानबिनको माग, सहभागीहरू नफर्किएको दाबी

    काठमाडौं, असार २९ — प्रधानमन्त्री सहभागी स्पेन भ्रमणमा भिजिट भिसाबाट गएका केही नेपाली नफर्किएको पुष्टि...