News Portal

नवलपरासीमा स्थानीय र सशस्त्र प्रहरीबीच झडप, ६ प्रहरी र ४ स्थानीय घाइते

नवीन पौडेल
५४८ पटक
२०७७ जेठ २५, आईतबार

नवलपरासी – पश्चिम नवलपरासीको भारतीय सिमावर्ती बसहीयामा स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको छ। प्रतापपुर गाउँपालिका ५ बसहीया नाकामा भारतबाट सामान ल्याउने क्रममा रोक्न खोजेपछि झडप भएको हो। झडपमा ६ प्रहरी र ४ स्थानीय घाइते भएका छन्।

सशस्त्र प्रहरीका एसपी भरत खनियाँका अनुसार अवैधरुपमा सामान नेपालतर्फ पुर्‍याउन खोज्ने समूहलाई रोक्नेक्रममा सुरक्षाकर्मीमाथि आक्रमण भएपछि ६ राउन्ड हवाई फायरसमेत गरिएको छ।

‘लकडाउनको समयमा नेपाल भारत सीमा बन्द छ। यस्तो समयमा भारतबाट भन्सार छलेर सामान ल्याएपछि रोक्नेक्रममा सुरक्षाकर्मीको अस्थायी बिट भत्काएपछि झडप भएको हो। ’

झडपको क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन्। ढुंगामुढा प्रहार गर्दै अस्थायी बिटमा आक्रमण हुँदा सुरक्षाकर्मी घाइते भएका हुन्। ४ स्थानीय पनि घाइते भएका छन्। घाइतेहरुको जिल्ला अस्पताल परासीमा उपचार भइरहेको छ।

स्थानीयले भने खेती लगाउनका लागि रासायनिक मल ल्याउँदा रोकेको र सोहीक्रममा गोली चलाएको बताए। स्थानीयले गुलेलीले आक्रमण गरेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...