News Portal

नेपालगञ्जका कोरोना संक्रमित पत्रकार र नर्स डिस्चार्ज भए

कोरोना जित्ने पत्रकार र नर्स भन्छन्, ”कोरोना भन्दा डरलाग्दो समाजको मनोवैज्ञानिक त्रास जित्न जरुरी छ“

हिमाली संचार संवाददाता
४५८ पटक
२०७७ जेठ २४, शनिवार

काठमाण्डौ – नेपालगन्ज शनिबार बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर प्रखर अस्पतालको आइसोलेसनबाट नेपालगन्ज र नरैनापुरका दुई पुरुष र दुई महिला कोरोना एकैदिन निको भएर घर फर्के त्यसैमध्ये थिए, एक पत्रकार र नर्स दम्पत्ति।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार र नर्सलाई कोरोना संक्रमण भएको पुष्टि नहुँदै उनीहरु अघिल्लो दिन नै आइसोलेसनमा पुगेका थिए। आफ्नो विषयमा जनप्रतिनिधिले चासो नदिएको भनेर संक्रमित पत्रकारले टिप्पणी समेत गरेका थिए।

अस्पतालबाट डिस्चार्ज हुने वेला भने खजुरा गाउँपालिका अध्यक्ष किश्मतकुमार कक्षपति र नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले खजुरा पुगेर फुलगुच्छाले स्वागत गरेका थिए।

नेपालगन्ज उपमहानगरपालिका २ निवासी स्वास्थ्यकर्मी र पत्रकारले कोरोना जितेकोमा सामाजिक सञ्जाल, फोन र भेटेर बधाइ दिनेको ओइरो लागेको थियो। उनीहरु आफ्नै टोलमा पनि छिमेकीले स्वागत गरेका थिए।

संक्रमण अवधिभर दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य अधिकारीले जानकारी दिए। उनीहरुका अनुसार स्वास्थ्य सुरक्षा उपाय अपनाउन कुनै कसर बाँकी राखेनौं। त्यसैले कोरोना जित्यौं।

कोरोनासँग लड्न सजिलो छ, जितिन्छ। कोरोना रोगभन्दा समाजको मनोविज्ञान त्रास सबैभन्दा डरलाग्दो रहेछ। यसलाई पनि जित्न जरुरी छ। 

हालसम्म नेपालमा ३ हजार २ सय ३५ जना संक्रमित भएका छन् भने, १३ जनाको मृत्यु र ३ सय ६५ जना निको भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

प्रतिकृया दिनुहोस्

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...