News Portal

सिम्ता गाउँपालिकाको सुर्यज्योति माविको क्वारेन्टाइनमा ३ जनामा आरडीटि पोजेटिभ, पिसीआर गरेर मात्र घर पठाउन माग

हिमाली संचार संवाददाता
६७० पटक
२०७७ जेठ २४, शनिवार

सुर्खेत – सिम्ता गाउँपालिकाको वडा १ स्थित सुर्यज्योति माविको क्वारेन्टाइनमा बसेकाहरु मध्य ३ जनाको आरडीटि पोजेटिभ देखिएको छ। उक्त गाउँपालिकाका ८८ जनामा परिक्षण गरिएको थियो।

आरडीटि बिधिको विश्वसनीय नभएका कारण पोजेटिभ आउदा पनि क्वारेन्टाइनमा बसेकाहरु त्रसित भएका छैनन्। सुर्खेतको पन्चपुरी स्थित २० वर्षीय युवामा आरडीटि नेगेटिभ आएर क्वारेन्टाइनबाट घर गएको र एक दिन नबित्दै मृत्यु भएपछि पिसीआर चेकजाँच गर्दा कोभिड-१९ संक्रमण पुष्ठि भएको थियो।

आरडीटि(RDT) परिक्षणले थप अन्यौलता सिर्जना गरेको छ। सुर्खेत सिम्ताका स्थानीयहरुले पिसीआर(PCR) चेकजाँच गरेर मात्र क्वारेन्टाइनमा बसेकाहरूलाई घर पठाउन माग गरेका छन्।

युवा नेता रविकिरण हमालले भनेका छन् “आरडीटि नेगेटिभ देखिएर क्वारेन्टाइनबाट घर गएकाहरुले सबैतिर फैलाउन सक्छन् जसले गर्दा महामारी फैलिएर राज्यलाई धेरै भार पर्छ, त्यसैले क्वारेन्टाइन अबधि बढाएर भएपनि पिसीआर बिधिबाट चेक गरेर मात्र घर पठाउनुपर्छ”।

उनले देशका ७ सय ५३ वटै स्थानीय तहमा पिसीआर मेसिम जडान गर्न समेत माग गरेका छन्। नेपालमा कोरोना संक्रमणको संख्या ह्वात्तै बढ्ने खतरा देखिएको छ।

सिम्ता गाउँपालिकाबाट पठाएको स्वाब एकहप्ता बितिसक्दा पनि नआएको कारण आरडीटि विश्वसनीयता नभएपनि गर्नुपर्ने अबस्थामा आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकबहादुर हमालले बताए।

सुर्खेतका स्थानीय तहहरुले प्रदेश सरकारले कोरोना नियन्त्रणका लागी उचित कदम नचालेको आरोप लगाउदै आएका छन्।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...