News Portal

बाँदरमुढे घटनाको १५ वर्ष: पीडितले अझै न्याय पाएनन् !

हिमाली संचार संवाददाता
५८६ पटक
२०७७ जेठ २४, शनिवार

काठमाडौँ – सशस्त्र द्वन्द्वका समयमा चितवनको माडीस्थित बाँदरमुढे घटना भएको १५ वर्ष पुगे पनि पीडितले अझै न्याय पाउन सकेका छैनन्।

उक्त घटना १५ वर्षअघि २०६२ जेठ २३ गते तत्कालीन माओवादी कार्यकर्ताले सामान्य नागरिक चढेको बसमा विस्फोट गराउँदा ३५ जना सर्वसाधारण र ड्युटीमा नरहेका तीन सुरक्षाकर्मीको मृत्यु भएको थियो।

घटनामा ७० भन्दा बढी मानिस घाइते भएका थिए। घाइते शारीरिक तथा मानसिक आघातमा अहिले पनि न्यायको प्रतिक्षामा छन्। उक्त घटनाको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरी पीडितलाई अझैसम्म सत्य, न्याय र परिपूरण हुन सकेको छैन।

वकालत मञ्च नेपालले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी उक्त घटनाको स्वतन्त्र विज्ञको टोली गठन गरेर औपचारिक फौजदारी अनुसन्धान पुनःआरम्भ गर्न आह्वान गरेको छ।

मञ्चले न्यायको माग गरिरहेका सबै पीडितप्रति ऐक्यबद्धता प्रकट गर्दै घटनामा निष्पक्ष तथा स्वतन्त्र अनुसन्धान गर्न तथा पीडित र साक्षीको सुरक्षाका लागि उपयुक्त उपाय अपनाउन आह्वान गरेको हो।

विज्ञप्तिमा भनिएको छ, “तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बसमा बम विस्फोट गराइएको घटना ‘सशस्त्र द्वन्द्वको सबभन्दा ठूलो भूल’ भनी स्वीकार गरेको भए पनि यस्ता प्रकृतिका घटना नदोहोरिनका लागि कुनै पनि उपाय अपनाउन सकेको देखिँदैन।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...