News Portal

  • नेपालमा कोरोनाबाट १० को मृत्यु, २ सय ९० डिस्चार्ज !

    हिमाली संचार संवाददाता
    ४९६ पटक
    २०७७ जेठ २२, बिहिबार

    काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ। भारतबाट ५ दिनअघि आएका पाल्पाका एक ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए।

    उनी पाल्पाको पूर्वखोला गाउँपालिकाका हुन्। उनी भारतबाट ५ दिन अगाडि नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए। क्वारेन्टाइनमा स्वासप्रश्वाससम्बन्धी समस्या आएपछि उनलाई ३ दिनअघि मिसन अस्पतालमा भर्ना गरिएको थियो।

    अस्पतालमै उनको मंगलबार मृत्यु भएपछि संकलन गरिएको स्वाबको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो। बिहीबार एकै दिन ३ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार बुधबार ३ सय ३४ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ।

    बुधबार २ सय १ जना र मंगलबार २ सय ८८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो। बिहीबार पीसीआर विधिबाट ८४ हजार १ सय ३४ र आरडीटी विधिबाट १ लाख २५ हजार ५ सय ६४ को नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ८ सय ६७ र आरडीटी विधिबाट ५ हजार १ सय ८५ जनाको नमुना परीक्षण गरिएको छ।

    बिहीबारका संक्रमितमध्ये विराटनगरमा एक, वीरगन्जमा एक, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका १८, प्रादेशशिक जनस्वास्थ्य प्रयोगशाला, हेटौंडा ९, पोखराको प्रयोगशालाको परीक्षणमा १६, सेती प्रादेशिक अस्पतालको परीक्षणमा ३, भेरी अस्पतालको परीक्षणमा ४२, धुलिखेल अस्पतालको परीक्षणमा १७, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान १५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान १ सय ६, कोसी अस्पतालमा ५, प्रादेशिक अस्पताल सुर्खेत ८, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु ९३ जना गरेर बिहीबार मात्र ३ सय ३४ जनामा कोरोना पुष्टि भएको हो। जसमध्ये पुरुष २ हजार ४ सय ५० छन् भने महिला १८४ जना छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १५ गतेको राशिफल

    आज कार्तिक १५, २०८२ (नोभेम्बर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    धरानका हर्क साङपाङको पार्टीमा आदिवासीको दबदबा, पदाधिकारीमा खस आर्य छैनन्

    धरान, कार्तिक १४ – धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई, उर्फ हर्क साङपाङले नेतृत्व गर्ने ‘श्रम...

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...