News Portal

सरकारलाई कांग्रेसको सुझाव: ताकेता फिर्ता लिएर समयावधी थप

हिमाली संचार संवाददाता
९७२ पटक
२०७७ जेष्ठ २१, बुधवार

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले करसम्बन्धी ताकेता फिर्ता लिएर समयावधी थप गर्न सरकारलाई सुझाव दिएको छ। कांग्रेसले बुधबार आज एक विज्ञप्ति जारी गरेर सरकारलाई कर सम्बन्धी ताकेता फिर्ता लिएर समयावधी थप गर्न सरकारलाई सुझाव दिएको हो।

‘सरकारले जेठ २५ भित्र उद्योगी व्यवसायीलाई कर तिर्नुपर्ने गरेको ताकेताको भद्र अवज्ञाको विकल्प छैन’–कांग्रेसका सभापति शेरबहादुर देउवाद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ–‘ ताकेता फिर्ता लेऊ, समयावधि थप गर सरकार’ सभापति देउवाले सरकारलाई वर्तमान समयप्रति गम्भीर बन्न माग गर्दै लकडाउनले मुलुकको समग्र क्षेत्रमा परेको असरको समग्र मूल्यांकन गरेर काम गर्न पनि अपिल गरेका छन्।

कोरोनाका कारण नागरिकको जीवन र मुलुकको अर्थतन्त्रले चुनौती भोग्नुपरेका बेला अनावश्यक खर्च घटाउन मितव्ययिताका लागि गर्नुपर्ने र गर्न सकिने निर्णयका लागि सरकार गम्भीर नभएको कांग्रेसको ठहर छ।

पीसीआर परिक्षणको दायरालाई बढाएर साना–ठूला ब्यवसाय क्रमशः सञ्चालन गर्ने दिशामा आवश्यक पहलकदमी र ठोस कार्ययोजना सरकारसँग नहुदा व्यवसायीक क्षेत्रमा चुनौती देखिएको समेत उनले बताएका छन।

सरोकारवालाहरूसँग संवादका साथ सहजीकरण प्याकेज निर्माण गर्नतर्फ सरकारको ध्यान नगएको विज्ञप्तिमा उल्लेख छ।

लकडाउन जारी रहेकै बेला कर तिर्न ताकेता गर्नुले सरकार गम्भीर र जिम्मेवार नभएर दायित्व र संवेदनाविहीन रहेको पुष्टि भएको कांग्रेसको दाबी छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...