News Portal

सरकारलाई कांग्रेसको सुझाव: ताकेता फिर्ता लिएर समयावधी थप

हिमाली संचार संवाददाता
९५० पटक
२०७७ जेष्ठ २१, बुधवार

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले करसम्बन्धी ताकेता फिर्ता लिएर समयावधी थप गर्न सरकारलाई सुझाव दिएको छ। कांग्रेसले बुधबार आज एक विज्ञप्ति जारी गरेर सरकारलाई कर सम्बन्धी ताकेता फिर्ता लिएर समयावधी थप गर्न सरकारलाई सुझाव दिएको हो।

‘सरकारले जेठ २५ भित्र उद्योगी व्यवसायीलाई कर तिर्नुपर्ने गरेको ताकेताको भद्र अवज्ञाको विकल्प छैन’–कांग्रेसका सभापति शेरबहादुर देउवाद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ–‘ ताकेता फिर्ता लेऊ, समयावधि थप गर सरकार’ सभापति देउवाले सरकारलाई वर्तमान समयप्रति गम्भीर बन्न माग गर्दै लकडाउनले मुलुकको समग्र क्षेत्रमा परेको असरको समग्र मूल्यांकन गरेर काम गर्न पनि अपिल गरेका छन्।

कोरोनाका कारण नागरिकको जीवन र मुलुकको अर्थतन्त्रले चुनौती भोग्नुपरेका बेला अनावश्यक खर्च घटाउन मितव्ययिताका लागि गर्नुपर्ने र गर्न सकिने निर्णयका लागि सरकार गम्भीर नभएको कांग्रेसको ठहर छ।

पीसीआर परिक्षणको दायरालाई बढाएर साना–ठूला ब्यवसाय क्रमशः सञ्चालन गर्ने दिशामा आवश्यक पहलकदमी र ठोस कार्ययोजना सरकारसँग नहुदा व्यवसायीक क्षेत्रमा चुनौती देखिएको समेत उनले बताएका छन।

सरोकारवालाहरूसँग संवादका साथ सहजीकरण प्याकेज निर्माण गर्नतर्फ सरकारको ध्यान नगएको विज्ञप्तिमा उल्लेख छ।

लकडाउन जारी रहेकै बेला कर तिर्न ताकेता गर्नुले सरकार गम्भीर र जिम्मेवार नभएर दायित्व र संवेदनाविहीन रहेको पुष्टि भएको कांग्रेसको दाबी छ।

प्रतिकृया दिनुहोस्

पूर्व गृहमन्त्री रमेश लेखक भदौ २३–२४ का घटनाबाट पीडित

काठमाडौँ, पुष १४ – पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ मा भएको हिंसात्मक...

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...