News Portal

कर्णालीमा थप ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ सय ९८ पुग्यो

नगेन्द्र उपाध्याय
६७४ पटक
२०७७ जेठ १९, सोमबार

सुर्खेत – कर्णालीमा कोरोना संक्रमितको संख्या एक सय ९८ पुगेको छ। कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सोमबार विहान गरिएको परीक्षणका क्रममा दैलेखका १७, सल्यानका १० र सुर्खेतका ५ जनामा कोरोना पुष्टि भएको हो।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार दैलेखको नारायण नगरपालिका–१ का २२ र २७ वर्षका पुरुष, वडा नं.–३ का २१, ३१ र ३५ वर्षका पुरुष, वडा नं: ४ का १८, २० र २२ वर्षका पुरुषवडा नं. ५ का १८ वर्षका पुरुष र वडा नं. १० का १०, २३, २४, २७ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै दैलेखकै महाबु गाउँपालिका–३ का २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए। सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ का ३४ र ४०, वडा नं. ३ का २२ र २८, वडा नं. ५ का २१, २८ र ३६, वडा नं. ६ का २३ वर्षका पुरुष र वडा नं. ७ का २० र २१ वर्षका पुरुषमा पनि कोरोना पुष्टि भएको छ।

यस्तै सुर्खेतको बराहताल गाउँपालिका–१ का २०, २१, २४ र २६ र वडा नं. १० का २२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको डा. तिवारीले जानकारी दिए। आइतबार राति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा दुई प्रहरी जवानसहित ४३ जनामा कोरोना पुष्टि भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...