News Portal

कर्णालीमा थप ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ सय ९८ पुग्यो

नगेन्द्र उपाध्याय
७२५ पटक
२०७७ जेठ १९, सोमबार

सुर्खेत – कर्णालीमा कोरोना संक्रमितको संख्या एक सय ९८ पुगेको छ। कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सोमबार विहान गरिएको परीक्षणका क्रममा दैलेखका १७, सल्यानका १० र सुर्खेतका ५ जनामा कोरोना पुष्टि भएको हो।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार दैलेखको नारायण नगरपालिका–१ का २२ र २७ वर्षका पुरुष, वडा नं.–३ का २१, ३१ र ३५ वर्षका पुरुष, वडा नं: ४ का १८, २० र २२ वर्षका पुरुषवडा नं. ५ का १८ वर्षका पुरुष र वडा नं. १० का १०, २३, २४, २७ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै दैलेखकै महाबु गाउँपालिका–३ का २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए। सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ का ३४ र ४०, वडा नं. ३ का २२ र २८, वडा नं. ५ का २१, २८ र ३६, वडा नं. ६ का २३ वर्षका पुरुष र वडा नं. ७ का २० र २१ वर्षका पुरुषमा पनि कोरोना पुष्टि भएको छ।

यस्तै सुर्खेतको बराहताल गाउँपालिका–१ का २०, २१, २४ र २६ र वडा नं. १० का २२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको डा. तिवारीले जानकारी दिए। आइतबार राति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा दुई प्रहरी जवानसहित ४३ जनामा कोरोना पुष्टि भएको थियो।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...