News Portal

धरानमा जर्वजस्ती करणीको आरोपमा पूर्व गाविस सचिव पक्राउ, श्रीमती मृत अवस्थामा फेला

हिमाली संचार संवाददाता
४०३ पटक
२०७७ जेठ १९, सोमवार

धरान ।  धरान उपमहानगरपालिका वडा-२० साविक विष्णुपादुका गाविसका पूर्व सचिव साथै खानेपानी संस्थानमा समेत काम गरेका ६५ वर्षीय आफ्नै घरमा काम गर्ने युवतीलाई जर्वजस्ती करणी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिएका छन् ।

पक्राउ परेका व्यक्तिले आफ्नो घरमा काम गर्न राखिएका एक जना युवतीलाई जङ्गलमा जर्वजस्ती करणी गरेको आरोप लागेको थियो । पीडित युवतीले आइतबार दिउसो प्रहरीमा जाहेरी दिएपछि साँझ पिडकलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उनलाई थप अनुसन्धान गरेर कानुनी प्रक्रिया अगाडी बढाउने भएको छ ।

जर्वजस्ती करणीको आरोप लागेर पक्राउ परेका पूर्व सचिवको श्रीमती मृत फेला परेकी छिन् । आइतबार दिउसो घरमा काम गर्न राखेकी युवतीलाई गर्भवती बनाएको आरोप लागेका धरान २० निवासी आरोपीत पूर्व गाविस सचिवकी श्रीमती आइतबार राति ९ बजे आफ्नै घरमा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उनको आफ्नै घरको सिकुवामा लडेको अवस्थामा फेला परेको बताइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...