News Portal

निर्मलाका हत्यारालाई कारबाही गर्न सरकारलाई कांग्रेसको दबाब

हिमाली संचार संवाददाता
५९७ पटक

काठमाडौं – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बलात्कारी र हत्याराहरूलाई कारबाहीको माग गर्दै नेपाली कांग्रेसका नेताहरूले राजधानीमा दवाव दिएका छन् ।

नेपाली कांग्रेसका नेता रमेश लेखकका अनुसार प्रधानमन्त्री केपी ओली र नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर निर्मला पन्तका दोषीहरूलाई कारबाही गर्न दवाव दिइएको हो ।

शनिबार प्रधानमन्त्री ओलीसँगको भेटमा आफूहरूले दोषीहरूलाई कारबाहीका लागि दवाव दिएको कांग्रेस नेता लेखकले जानकारी दिए ।

‘निर्मला पन्त मात्रै होइन सबै बालिका र चेलीका बलत्कारीहरू तथा हत्याराहरूलाई छिटो पक्राउ गरेर कारबाही होस् भनेर माग गरेका छौँ’, उनले भने, ‘प्रधानमन्त्रीले पनि यस विषयमा आफू गम्भीर छु भन्नुभएको छ ।’

कम्युनिस्ट सरकारले सत्ता सम्हालेसँग देशमा शान्ति सुरक्षा दिनप्रति दिन विग्रर्दै गएको भन्दै कांग्रेस नेता लेखकले अपराधीहरूलाई संरक्षण गर्नेहरू सत्तापक्षकै रहेको बताए ।

निर्मला पन्तसहितका बलात्कृतहरूका दोषी तथा हत्याहरू खुलेआम हिड्न थालेपछि कांग्रेसका नेताहरूले पक्राउ गरेर कारबाहीका लागि दवाव दिन सत्तापक्षका नेताहरूसँग भेट गरेर गम्भीर बन्न आग्रह गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...