News Portal

धरानले भर्ना नलिएपछि झापाका कोरोना संक्रमति रातभरी गेट बाहिर

हिमाली संचार संवाददाता
४७७ पटक
२०७७ जेठ १७, शनिवार

धरान । शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका झापा जिल्लाका २७ जना संक्रमितलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड-१९ अस्पतालले भर्ना लिन अस्वीकार गरेको छ ।

अस्पतालले भर्ना गर्न नदिएपछि कोरोना संक्रमितहरु रातभरी अस्पतालको गेट बाहिरै बसेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपराह्न उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो ।

कोरोना संक्रमण पुष्टि भए लगत्तै उनीहरुलाई कचनकवल गाउँपालिका-४ स्थित क्वारेन्टाइनबाट साँझ ६ बजेतिर बसदेखि धरान लगिएको थियो । तर, धरानस्थित कोभिड-१९ अस्पतालले राख्ने ठाउँ नभएको भन्दै भर्ना नलिएपछि संक्रमितहरु रातभरी गेट बाहिरै बस्न बाध्य भएका हुन् । उनीहरुलाई प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयको समन्वयमा धरान पठाएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिएका छन् । 

वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले भने यसरी कोरोना संक्रमितलाई अहिले विहान सम्म आईसोलेसनमा भर्ना गर्न नसक्नुको कारण आईसोलेसनमा बेड अभावका कारण साथै झापाले समवन्य नगरेका हुनाले यसस्तो समस्या  भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले प्रतिक्रिया दिएका छन् ।

कोरोना संक्रमण पुष्टि भएकाहरुलाई धरान नै पठाइरहेका थियौं । मन्त्रालयको समन्वयमा उनीहरुलाई धरान पठाएका हौं’ चम्लागाईले भन्नुभयो, ‘तर, अस्पतालले बेड खाली नभएको भन्दै भर्ना दिएको छैन ।यसरी कोरोना संक्रमित विरामीलाई रातभरी आइसोलेसन बाहिर राखिएकोमा जोखिम बढेको स्वास्थ्यविज्ञहरुले बताएका छन् ।

जिल्लामा कोभिड संक्रमितको संख्या १ सय ७ पुगेको छ ।कचनकवल गाउँपालिकामा मात्र एक सय जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये २ जना उपचार पछि घर फर्किएका छन् भने अन्य सबै उपचाररत रहेका छन् ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...