News Portal

रुकुम घटनामा अर्को शव पनि फेला, १८ जना पक्राउ

हिमाली संचार संवाददाता
८३० पटक
२०७७ जेठ १५, विहिबार

काठमाण्डौ – पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोतीमा प्रेमिका लिन पुगेको समूहमाथि गाउँलेले गरेको आक्रमणपछि भेरी नदिमा हाम फालेर बेपत्ता भएकामध्ये थप एक युवाको शव बिहीबार फेला परेको छ।

हालसम्म यो घटनामा पाँच जनाको शव फेला परेको छ। गोविन्द शाही अझै बेपत्ता छन्। सशस्त्र प्रहरीको गोताखोर टोलीले सन्जु विकको शव बिहीबार फेला पारेको हो।

जाजरकोट छेडागाड नगरपालिका-५ कालेभिरमा जाजरकोट भेरी नगरपालिका–४ बस्ने १९ वर्षीय सन्जुको शव भेटिएको हो। यसअघि गोताखोरले बुधबार लोकेन्द्र सुनारको शव फेला पारेको थियो।

लोकेन्द्रको शव घटनास्थलभन्दा करिब ७ किलोमिटर पर चौरजहारी नगरपालिका–१ अधेरेस्थित भेरी नदिमा भेटिएको थियो। गोताखोरले बुधबारदेखि बेपत्ताको खोजी सुरु गरेको हो।

जाजरकोटका नवराज विक ठकुरी परिवारकी प्रेमिका लिन गाउँका १९ जना लिएर शनिबार साँझ सोती पुगेका थिए।

उनीहरुलाई युवतीका परिवारको नेतृत्वमा गाउँलेले कुटपिट गर्दै लखेटेको र त्यसक्रममा केहीलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गरि नदीमा फ्याँकेको र केहीले भेरीमा हाम फालेको मृतक युवक पक्षहरुको दावी छ।

नवराजको शव सोही दिन राती १ बजे घटनास्थलबाट करिब डेढ किलोमिटर दुरीमा रहेको भेरी नदिको पुलमुनी भेटिएको थियो। अर्का युवकको शव आइतबार दिउँसो सल्यानस्थित भेरी नदि किनारमा भेटिएको थियो।

अर्का एक युवकको शव सोमबार भेरी नदिमै भेटिएको थियो। यस घटनामा २० जनाविरुद्ध कर्तव्य ज्यान कसुरमा किटानी जाहेरी परेको छ।

प्रहरीले युवतीका बुबाआमा र वडाध्यक्षसहित १८ जनालाई पक्राउ गरेको छ। यसअघि १२ जना पक्राउ परेकामा बिहीबार थप ६ जना पक्राउ परेका छन्। 

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...