प्रदेश २ मा कोरोना संक्रमितको संख्या ४ सय पुग्यो

लहान – बिहिबार विहान प्रदेश २ को ६ जिल्लाका ७६ जनामा कोरोना भाइरस(कोभिड–१९) पुष्टि भएको छ। धनुषा, महोत्तरी, सर्लाही, रौतहट, सिरहा र सप्तरी जिल्लामा संक्रमित पुष्टि भएका हुन। बिहिबार बिहानको तथ्यांक अनुसार धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १४,सर्लाहीका ७ सिरहाका ६ र रौतहटका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रादेशि स्वास्थ्य निर्देशनालायका प्रवता विजय झाले जानकारी दिए।
संक्रमित सबै क्वारेन्टिनमा बसेकाहरु हुन। सिरहाका ६ जना सक्रमितमध्ये पाँच जना बरियारट्टी गाउँपालिका अन्तर्गतको क्वारेन्टिनका र एक जना लक्ष्मीपुरपत्तारी अन्तर्गतको क्वारेन्टिनका छन।
महोत्तरीको जलेश्वार नगरापालिका अनन्तर्गतको क्वारेन्टिन, धनुषाको लक्ष्मीनिया नगरपालिका अन्तर्गतको क्वारेन्टिनका, सर्लाहीको मलंगवा नगरपालिका अन्तर्गतको क्वारेन्टिनमा बसेकाहरुमा संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालयले जनाएको छ। बिहिबार ७६ जना थपिएसँगै प्रदेश २ मा संक्रमितको संख्या ४ सय पुगेको छ।

















