News Portal

एमसिसीलगायतका विषयमा छलफल हुने पार्टी सचिवालय बैठकमा प्रधानमन्त्री अनुपस्थित

हिमाली संचार संवाददाता
४५८ पटक
२०७७ जेठ १०, शनिबार

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा बसेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सरकारले ल्याउने बजेट र एमसीसी परियोजनाबारे छलफल भएको छ।

सचिवालय बैठक बस्नु अगाडि सचिवालयका नेताहरुले स्थायी समिति सदस्य भीम रावल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, एमसीसी नेपालका कार्यकारी निर्देशक खड्कबहादुर बिष्टलाई भेटेका थिए। नेकपाले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा एमसीसी अध्ययनका लागि कार्यदल बनाएको थियो।

कार्यदलमा रावल र ज्ञवाली सदस्य थिए। कार्यदलले यथास्थितीमा एमसीसी पारित गर्न नहुने निश्कर्ष निकालेको थियो। त्यसलगत्तै सचिवालय बैठक बसेको हो। आजको दुवै बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली सहभागी भएका छैनन्।

स्रोतका अनुसार एमसीसीबारे आफूले प्रष्ट भनेकाले बैठकमा बस्न जरुरी नभएको भन्दै प्रधानमन्त्री ओली बैठकमा सहभागी नभएका हुन्। दुबै बैठकको अध्यक्षता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन्। सरकारले यसपटकको नीति तथा कार्यक्रममा पनि एमसीसीका योजनालाई समावेश गरिसकेको छ।

प्रधानमन्त्रीले आराम गरेका कारण बैठकमा सहभागी नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए। ‘प्रधानमन्त्री आराम गरिरहनुभएको छ। त्यही भएर बैठकमा नजानुभएको हो,’ थापाले भने, ‘दुई अध्यक्षको सहमतिमै बैठक बसेको हो।’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...