News Portal

एमसिसीलगायतका विषयमा छलफल हुने पार्टी सचिवालय बैठकमा प्रधानमन्त्री अनुपस्थित

हिमाली संचार संवाददाता
४४० पटक
२०७७ जेठ १०, शनिबार

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा बसेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सरकारले ल्याउने बजेट र एमसीसी परियोजनाबारे छलफल भएको छ।

सचिवालय बैठक बस्नु अगाडि सचिवालयका नेताहरुले स्थायी समिति सदस्य भीम रावल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, एमसीसी नेपालका कार्यकारी निर्देशक खड्कबहादुर बिष्टलाई भेटेका थिए। नेकपाले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा एमसीसी अध्ययनका लागि कार्यदल बनाएको थियो।

कार्यदलमा रावल र ज्ञवाली सदस्य थिए। कार्यदलले यथास्थितीमा एमसीसी पारित गर्न नहुने निश्कर्ष निकालेको थियो। त्यसलगत्तै सचिवालय बैठक बसेको हो। आजको दुवै बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली सहभागी भएका छैनन्।

स्रोतका अनुसार एमसीसीबारे आफूले प्रष्ट भनेकाले बैठकमा बस्न जरुरी नभएको भन्दै प्रधानमन्त्री ओली बैठकमा सहभागी नभएका हुन्। दुबै बैठकको अध्यक्षता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन्। सरकारले यसपटकको नीति तथा कार्यक्रममा पनि एमसीसीका योजनालाई समावेश गरिसकेको छ।

प्रधानमन्त्रीले आराम गरेका कारण बैठकमा सहभागी नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए। ‘प्रधानमन्त्री आराम गरिरहनुभएको छ। त्यही भएर बैठकमा नजानुभएको हो,’ थापाले भने, ‘दुई अध्यक्षको सहमतिमै बैठक बसेको हो।’

प्रतिकृया दिनुहोस्

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले समानुपातिक सूची आफैं पेश गर्ने तयारी

काठमाडौँ, पुष १४ – मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी रास्वपा र बालेनसँगको एकता...