News Portal

गाउँपालिका अध्यक्ष घर्तीले कार्यपालिका वैठकमै कुटे वडाध्यक्ष

हिमाली संचार संवाददाता
७०७ पटक
२०७७ जेठ १०, शनिवार

रोल्पा – तत्कालिन माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्षले काँग्रेसबाट निर्वाचित वडाध्यक्षलाई कार्यपालिकाको बैठकमै कुटेका छन्। रोल्पाको सुनीलस्मृति गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले सोही गाउँपालिकाको वडा नम्वर ४ का वडाध्यक्ष गञ्जबहादुर क्षेत्रीलाई कार्यपालिकाको बैठक भइरहेकै स्थानमै कुटेका हुन।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण लागि जेठ ९ गते बसेको कार्यपालिका बैठकमा अध्यक्ष घर्तीले वडाध्यक्ष क्षेत्रीलाई कुटपिट गरेका हुन्। वडाध्यक्ष क्षेत्रीले आफ्नो वडामा रहेका बैंकहरुलाई सोमबार र बिहिबार खोल्ने निर्णय वडाबाट गराएका थिए तर, कार्यपालिकाको बैठकमा वडाको कुनै पनि निर्णय आफुलाई अमान्य हुने भन्दै गाँउपालिका अध्यक्ष घर्तीले अनावश्यक विवाद झिकेर आफुमाथि कुटपिट गरेको वडा अध्यक्ष क्षेत्रीले बताए।

कार्यपालिकाका एक सदस्यले गाउँपालिका अध्यक्ष घर्तीले दादागिरी शैलिमा अपशब्द प्रयोग गरी हातपात गरेको बताए। कुपीटबाट वडाध्यक्ष क्षेत्रीको शरिरका विभिन्न ठाउँमा चोटपटक लागेको छ।

नेपाली काँग्रेस रोल्पाले विज्ञप्ति निकालेर गाउँपालिका अध्यक्ष घर्तीको कार्यलाई आपराधिक गतिविधि भनेको छ। स्थानीय सरकारको प्रमुख जिम्मेवारी पदमा रहेको गाउँपालिका अध्यक्षले सबैलाई समेटेर जाने र विवाद भएका मिलाउँदै जानुपर्नेमा आफ्नो निर्णयलाई लाद्न खाज्ने र हातपात नै गर्ने कार्य कानुन विपरित भएको नेपाली काँग्रेस रोल्पाका सभापति अमरसिंह पुनमगरले बताएका छन्।

आपराधिक गतिविधि गर्ने अध्यक्षले लोकतान्त्रीक गणतन्त्रका धज्जी उडाएको सभापति पुनद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ। कार्यपालिका बैठक जस्तो गरिमामय ठाउँमा गाउँपालिकाको अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले कानुनलाई आफ्नो हातमा लिने हर्कत गरेकोमा आपत्ती जनाउँदै कांग्रेस रोल्पाले कानुन बमोजिम हदैसम्मको कारवाही गर्न स्थानीय प्रशासन र सरकारसँग माग गरेको छ।

गाउँपालिका र नेकपाले भने अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन्। घर्ती तत्कालिन माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन्।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...