News Portal

प्रधानमन्त्रीको गैरजिम्मेवारी अभिव्यक्ति : सभापति गुरुङ

हिमाली संचार संवाददाता
९४४ पटक
२०७७ जेठ ७, बुधवार

काठमाडौं – नेपाली जनसम्पर्क समिति बहराईनका सभापति राहुल गुरुङले नेपाल सरकारले विज्ञहरुको सल्लाहलाई बेवास्ता गरेको बताएका छन्। सभापति गुरुङले सामाजिक संजालमा लेख्दै भनेका छन्-“सरकार आफैं सबै कुरामा पोख्त छौं भन्ने दम्भले ग्रसित छ”।

अहिलेको सरकार आफैं शक्तिशाली मात्र होईन राष्ट्रिय विषयहरुमा प्रतिपक्षीको पनि पुर्ण साथ पाएको सरकार हो। मंगलबार संसदमा प्रधानमन्त्री ओलीले बिदेशमा रहेका नागरिकहरुलाई ह्वारह्वार्ती स्वदेश नल्याईने बताएका थिए। प्रधानमन्त्री केपी ओलीले कोभिड-१९ को कारण बिदेशमा अलपत्र परेका नेपालीहरु सम्बन्धि बोलेको अभिव्यक्ति अत्यन्तै गैरजिम्मेवारी भएको उनले बताएका छन।

देशको उड्डयन प्राधिकरण, स्वास्थ संस्थाहरुको वर्तमान अवस्थालाई हेर्दा लाखौ मानिस एक साथ लैजान नसके पनि विभिन्न कारणले अलपत्र परेकाहरुलाई प्राथमिकताको आधारमा अविलम्ब उद्दार थाल्छौ भन्ने आशामा रहेका प्रवासी नेपालीहरुलाई थप पीडा थपिएको उनको भनाई छ।

प्रतिकृया दिनुहोस्

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...