News Portal

कालिमाटीका २ प्रहरीलाई देखियो कोरोना, २ सय प्रहरी फिल्ड जान रोकिए

हिमाली संचार संवाददाता
७२५ पटक
२०७७ जेठ ७, बुधवार

काठमाडौं – महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई प्रहरीमा कोरोना पोजेटीभ देखिएपछि वृत अन्तर्गत रहेका करिव २ सय प्रहरी फिल्डमा जान रोकिएका छन्। वृतमा कार्यरत १ सई र १ जवानमा कोरोना परिक्षणमा पोजेटीभ देखिएपछि उनीहरुलाई गए राती नै सशस्त्र प्रहरी बलको अस्पताल बलम्बु लगिएको प्रहरी नायव उपरिक्षक रुगम कुँवरले जानकारी दिए।

दुई प्रहरीमा कोरोना देखिएपछि आफ्नो क्षेत्रमा रहेका करिब २ सय प्रहरीलाई फिल्डमा जानबाट रोकिसकेको बताए। सबैको कोरोना परिक्षण भएपछि मात्र प्रहरी कार्यक्षेत्रमा जान सक्छन नत्र प्रहरी आफै कोरोना क्यारियर हुन सक्ने भयका कारण प्रहरीलाई तत्काल काममा कजान रोकिएको उनले बताए।

कालिमाटीमा महिला सेल पनि रहेको छ भने ट्राफिकको पनि कार्यालय छ। सबैको काम अब रोकिएको छ। हामीले सील गरेका छौं कुँवरले भने। दुई प्रहरीमा कोरोना देखिएपछि अग्रभागमा रहेर काम गर्नुपर्नेको अवस्था यसले देखाएको छ।

वृत्त अन्तर्गत रहेका अन्य प्रहरीको अवस्थाको बारेमा परिक्षण पछि बताउन सकिने उल्लेख गर्दै कुँवरले भने, ‘अहिलेसम्म सबैको मेस एउटै छ ट्वाइलेट एउटै छ कस्को बारेर्मा के भन्न सकिन्छ र जस्लाई पनि भएको हुनसक्छ। तत्काल सीसीआर टेस्टको लागि सम्वन्धित निकायमा खबर गरिसेका छौ। चाँडै टेस्ट हुने अपेक्षा गरेका छौं।’

प्रतिकृया दिनुहोस्

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...