News Portal

  • स्वदेश फर्कने नागरिकहरुको व्यवस्थापन सेनाले गर्ने

    बिनु सुवेदी
    ७०५ पटक
    २०७७ जेठ ७, बुधवार

    काठमाडौँ – सरकारको तयारीअनुसार यही अवस्थामा उद्धार सुरु गर्ने हो भने विदेशमा समस्यामा रहेका नेपालीको उद्धार गर्न तीन महिना लाग्ने देखिएको छ। क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा पेस गरेको प्रतिवेदनमा हवाई मार्गबाट करिब १० लाख नागरिक नेपाल आउन सक्ने अनुमान गरिएको छ। तीमध्ये १ दिनमा १० हजार जनालाई उद्धार गर्न सक्ने क्षमता नेपाल सरकारसँग भएको पनि जनाइएको छ।

    ‘यो हिसाबले विदेशबाट नेपाल आउन चाहने नागरिकलाई उद्धार गर्न मात्रै कम्तीमा ३ महिना लाग्छ,’ उच्चस्तरीय समन्वय समितिका एक अधिकारीले कान्तिपुरसँग भने। समितिको मंगलबार बसेको बैठकमा पनि विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश ल्याउने र ल्याएर क्वारेन्टाइनमा कसरी राख्ने भन्ने विषयमा छलफल भएको थियो।

    समितिका सचिवसमेत रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले भारत तथा अन्य मुलुकमा रहेका नेपालीहरुलाई ल्याउने विषयमा कार्ययोजना तयार गर्ने विषयमा छलफल भएको बताए।

    सरकारले यसअघि नै प्राथमिकताका आधारमा विदेशबाट नेपालीहरु ल्याउने जानकारी दिइसकेको छ। परराष्ट्र मन्त्रालयका अनुसार सवैभन्दा पहिला हाल समस्याग्रस्त मुलुकमा रहेका नेपाली कामदार, अन्य अलपत्र नागरिक र त्यसपछि विद्यार्थीहरुलाई स्वदेश ल्याइनेछ।

    ‘समितिको बैठकमा ७ वटै प्रदेशसँग समन्वय गर्ने संघीय मन्त्रीहरुलगायतको विचार आइसकेकाले व्यवस्थित तरिकाले कसरी ल्याउन सकिन्छ भन्ने विषयमा कार्ययोजना तयार गर्न लागिएको हो,’ विडारीले भने। संक्रमण फौलिन नदिनेगरी व्यवस्थित ढंगबाट विदेशबाट नेपालीहरुलाई फर्काउन कार्ययोजना निर्माणको तयारीमा रहेको उनले जनाए।

    ‘समितिको बैठकमा प्रदेश र स्थानीय तहमा बनेका क्वारेनटाइनहरुलाई तेकिएको मापदण्डअनुसार व्यवस्थित गर्ने विषयमा समेत छलफल भएको छ,’ उनले भने, ‘क्वारोन्टाइनमा रहनेहरुको सुरक्षाको व्यवस्था, तथ्यांक राख्नेलगायतका काम नेपाली सेनाको उपस्थितिमा स्वास्थ्यकर्मीहरुको अगुवाइमा हुने गरी कार्ययोजना तयार गर्न लागिएको ह।’

    ‘विमानस्थलमा हेल्थ डेस्कहरुको व्यवस्थापन गरी स्वास्थ्य जाँच गर्ने र जाँचपश्चात् क्वारेन्टाइनका लागि सम्बन्धित जिल्लाहरुमा पठाइनेछ,’ सीसीएमसीको प्रतिवेदनमा भनिएको छ, ‘स्थल वा हवाई मार्गबाट आउनेमध्ये स्वास्थ्य जाँचमा शंकास्पद देखिएमा सिधै नाका रहेको प्रदेशस्थित कोभिड अस्पतालको आइसोलेसनमा लगिनेछ।’

    यस्तै, केन्द्रले भारतबाट नेपालका विभिन्न नाका हुँदै करिब ३ लाख ५० हजार नेपाली प्रवेश गर्न सक्ने र तीमध्ये १५ प्रतिशत संक्रमित हुन सक्ने आँकलन गरेको छ। जसअनुसार करिब ५२ हजार ५ सय जना संक्रमित भारतबाट विभिन्न नाका हुँदै नेपाल प्रवेश गर्नेछन्।

    अहिले नै सीमा क्षेत्रमा क्वारेन्टाइनको फितलो व्यवस्थापन र संक्रमितको दर बढेर स्थिति सम्हाल्न कठिनाइ भइरहेका बेला यतिका संक्रमित नेपाल भित्रिँदा झन् हम्मे पर्ने देखिन्छ।

    प्रदेश–१ मा काँकडभिट्टा (झापा), जोगवनी (मोरङ), भण्टावारी (सुनसरी), प्रदेश २ मा जलेश्वर (धनुषा), राजविराज (सप्तरी), माडर (सिरहा), वीरगन्ज (पर्सा), गौर (रौतहट) र वाग्मती प्रदेशमा चितवनको ठोरी नाकाबाट नेपालीहरु भित्रिन सक्ने केन्द्रको अनुमान छ।

    यस्तै, प्रदेश ५ मा त्रिवेणी (परासी), बेलहिया (रुपन्देही), कृष्णनगर (कपिलवस्तु), जमुनाह (बाँके), गुलरिया (बर्दिया) र सुदूरपश्चिम प्रदेशमा गड्डाचौकी (कञ्चनपुर), गौरीफन्टा (कैलाली) र पुलघाट (दार्चुला) बाट स्वदेश भित्रिन सक्नेछन्।

    समितिले त्यसरी नेपाल आउने नागरिकको व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिएको छ। त्यहीअनुसार समन्यय गरेर काम अघि बढाउन प्रधानसेनापति पूर्णचन्द्र थापाले सवै पृतनापति र जंगी अड्डाहरुलाई स्थानीय तह, प्रदेश र केन्द्रका अरू निकायहरुसँग समन्वय गरी काम थाल्न निर्देशन दिएका स्रोतले जनाएको छ।

    उच्चस्तरीय समिति सम्बद्ध स्रोतका अनुसार सीसीएमसीको यो प्रस्तावमाथि समितिमा थप छलफल गरेर कार्यान्वयनका लागि मन्त्रिपरिषद्मा लगिनेछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ठमेल दोहोरी साँझ झगडा : क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङमाथि दुई दिनको प्रहरी म्याद थप

    काठमाडौं, साउन १८ – ठमेलको रात्री जीवनमा फेरि एकपटक झगडा र गिरफ्तारीको अध्याय खुलेको छ...

    ऐना पहरामा यात्रुबाहक बस दुर्घटना : सात घाइते, दुईको अवस्था गम्भीर

    तनहुँ, साउन १८ –  तनहुँ जिल्लाको पर्यटकीय क्षेत्र ऐना पहरामा आइतबार दिउँसो यात्रुबाहक बस दुर्घटनामा...

    थारु आयोगमा विवाद चरममा : सदस्य शान्तिदेवी मोदीले कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुलाई कोठामै थुनेर चाबी लगाइन्

    काठमाडौं, साउन १८ – राज्यको संवैधानिक निकायमध्ये एक, थारु आयोगभित्र अभूतपूर्व घटना घटेको छ। आयोगकी...

    सिंहदरबारमा सत्ता पक्षको गोप्य बैठकले बढायो शंका : ‘कुलिङ पिरियड’ प्रावधानमा देखिएको त्रुटिको छानबिन अन्तिम चरणमा

    काठमाडौं, साउन १८ – संघीय निजामती सेवा विधेयकमा समावेश गरिएको विवादास्पद ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानले संसदमा...

    समावेशीता कुनै कामको कुरा होइन, राजनीतिक पदकै लागि मात्र हो : प्रधानमन्त्री ओली

    काठमाडौं, साउन १८ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा उल्लेख गरिएको समावेशीता नीतिप्रति कडा टिप्पणी...