News Portal

कपिलवस्तुमा ४ जना संक्रमित थपिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७९ पुग्यो

हिमाली संचार संवाददाता
७६४ पटक
२०७७ जेठ ६, मंगलवार

कपिलवस्तु – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ सय ७९ पुगेको छ। मंगलबार बिहान कपिलवस्तुमा ४ जना संक्रमित थपिएका छन्।

मायादेवी गाउँपालिका वडा नम्बर ४ का ३ जना र वडा नम्बर ३ का १ जना थपिएका हुन्। संक्रमितहरु २० देखि ४५ वर्षका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्गर्तत स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ। यीसंगै कपिलवस्तुमा संक्रमितको संख्या ४७ पुगेको छ।

यसैबीच कोरोना संक्रमण फैलने उच्च जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले फेरि १५ दिनलाई जिल्लालाई सील गरेको छ। यस अघि बैशाख २९ देखि जेठ ५ गते सम्मकालागि जिल्लालाई सील गरिएको थियो।

सरकराले लकडाउन जेठ २० गते सम्म बढाएको तथा कपिलवस्तु कोरोनाको रेड जोनमा परे पछि जिल्लालाई पुनः १५ दिन सील गर्ने निर्णय गरिएको प्रजिअ दीर्घ नारायण पोेलले बताए। जेठ २० गते सम्म जिल्लालाई सील गरिएको हो।

प्रशासन कार्यालयमा बसेको कोरोना बिपद ब्यवस्थापन समिति र जिल्ला सुरक्षा समितको संयुक्त बैठकले सो निर्णय गरेको हो। जेठ २० गते मध्यरातसम्म जिल्लालाई सील गरिएको हो। प्रजिअ दीर्घनारायण पौडेलले जिल्लामा कोरानो तीब्ररुपमा फैलिए पछि जोखिम कम गर्न जिल्लालाई सील गर्न अवधि थपिएको बताए।

यस अघि गरिएको निर्णयलाई यथावत राखिएको तर तरकारी र खाद्यान्न किन्ने दिन घटाईएको छ। अब हप्ताको ३ दिन सोमवार बुधवार र शनिवार बिहान ७ देखि नौ बजे मात्र तरकारी र खाद्यान्न किन्ने समय छुट्टाईएको छ। जिल्लामा आउन र जान पूर्ण निषैध गरिएको छ।

अत्यावश्यक बाहेका सबै उद्योगधन्दा कलकारखाना उदोग ब्यवसाय, सवारी साधनमा पूर्ण रोक लगाईएको छ। स्थानीय प्रशासन र ऐन २०२८ दफा ६ ९३० क र संक्रमण रोग ऐन २०२० को दफा २ (१) अनुसार जिल्ला सील गरिएको हो। प्रजिअ पौडेलले अब पासमा समेत कडाई गरिने छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...